प्रवृत्ति
छोरीलाई चिसो पेय ल्याउन अह्राइन् । अलि परैबाट गिलास राखेर छोरी अलमल्ल परेको देखेर आमाले सोधिन् , ‘आन्टीलाई चिनिनस् ? ’ – चिनेँ नि किन नचिन्नु ? तर ....! –के तर ? – कोसेली बोकेर आउनेले कोरोना सार्दैन हो , आमा ? अझ त्यो सेल्सम्यान दाइले त मास्क लगाको थियो अनि आन्टी त बिनामास्क नै भित्र आउनुभयो त !