धुर्मुस सुन्तलीको प्रेरणाले मुसहरका बालबालिका विद्यालय जान थाले
हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् ।
हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् ।
विद्याकी देवी सरस्वती पूजाको पूर्वसन्ध्यामा यहाँ एक युवकले २५ बालबालिकालाई आफ्नै निजी खर्चमा पढाउने बताएका छन्।
गम्भीर प्रकृतिका बालबिज्याँई (अपराध)मा कलिला बालबालिकाको संलग्नता बढ्दै गएको पाइएको छ। बालबालिकाका यस्ता बिज्याँईमध्ये सबैभन्दा धेरै यौन अपराधसँग सम्बन्धित छन्। बालन्याय समन्वय समिति सचिवालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा भएका १ सय ३८ वटा बालबिज्याँईका मुद्दा अदालतमा दायर भएका थिए।
गोरखाको बारपाक। २०७१ बैशाख १२ गतेको महाविनाशकारी भूकम्पको केन्द्रविन्दु। बारपाक नामले परिचित भए पनि बाजुराका बालबालिकाको लागि दृश्यमा नदेखिएको ठाउँ थियो । तर शनिबार बाजुराका अधिकांश बालबालिकाले बारपाक देख्न पाए। तर उनीहरु भौतिकरुपमा बारपाक पुगेका होइनन्। शनिबार बारबापक र बाजुराका बालबालिकाहरु बीचमा दृष्य सम्वाद मार्फत यो सम्भव भएको हो।
बालबालिका खोजतलास समन्वय केन्द्रले आव २०७२/०७३ मा हराएका १ हजार ५ सय २ जना बालबालिकामध्ये ४ सय ८ जना फेला पारेको छ। काठमाडौं उपत्यकामा १ सय ६७ बालक र ७३ बालिकासहित २ सय ४० जना हराएको जानकारी पाएकोमा १ सय ३३ बालक र ६२ बालिका गरी १ सय ९५ जना केन्द्रले फेला पारेको जानकारी कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले दिए।
फेसबुक, ट्विटर र इन्ट्राग्राम जस्ता सामाजिक संजाल चलाउने बालबालिका अन्य बालबालिकाको तुलनामा झगडालु हुने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सांजल धेरै प्रयोग गर्ने बालबालिका सधै तनाब र दुखमा हुने गर्छन्।
जिल्लामा खोला, नदी र पोखरीमा डुबेर श्रृख्लाबद्ध रुपमा मृत्यु हुने क्रम बढ्दो छ। २०७२ साउनदेखि २०७३ भदौ १९ गतेसम्म १९ जना बालबालिकाको डुबेर मृत्यु भइसकेको छ। दुई जना बालिका बेपत्ता भएका छन् ।
काठमाडौं– पछिल्लो समय देशव्यापी रुपमा आएको प्राकृतिक विपत्मा परेका बालबालिकालाई उद्धार र संरक्षण गर्ने केन्द्रीय बाल कल्याण समितिले अपिल गरेको छ।
काठमाडौं— नौ जना बालबालिकालाई अमेरिका पुर्याएर छोड्ने पुतलीसडकस्थित सारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। शनिबार पक्राउ परेकी श्रेष्ठलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धानका लागि ७ दिन थुन्न अदालतले अनुमति दिएको हो।
काठमाडौं— सांस्कृतिक आदानप्रदानका नाममा नेपाली बालबालिका अमेरिका तस्करी गरेको आरोपमा पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई शनिबार प्रहरीले हिरासतमा राखेर कारवाही थालेको छ।