२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पुल्चोक इन्जिनियरिङको 'इन्ट्रान्स' पास गराइदिन्छु भन्दै प्रतिविद्यार्थी ३ लाख असुल्ने पक्राउ

प्रहरीले त्रिभुवन विश्वबिद्यालय इन्स्टिच्युट अफ ईन्जिनियरिङमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई ठगेको आरोपमा कलेजका एकजना पुराना बिद्यार्थीलाई पक्रेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुल्चोक ईन्जिनियरिङ कलेजमा भर्ना हुन आएका बिद्यार्थीलाई प्रवेश परिक्षामा पास गराईदिने भन्दै ठगेको आरोपमा मोरङ रंगेलीका देव शर्मालाई पक्रेको हो।

सीके राउतका प्रवक्ता पक्राउ

सिके राउतको स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय प्रवक्तालाई प्रहरीले पक्राउ गरेको छ। गुलरिया नगरपालिका वडा नं ११ औरीपुरस्थित घरबबाट शुक्रवार राति करिब १२ बजे ३० वर्षीय अब्दुल खानलाई प्रहरीले पक्राउ गरेको हो।

प्रेमिकालाई भेटेपछि लुकास पक्राउ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को कुनै पनि प्रतियोगितामा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो।

हतियारसहित बाबुछोरा पक्राउ

तीन नाल भरुवा बन्दुकसहित प्रहरीले बाबुछोरालाई प्रक्राउ गरेको छ । भूमे गाउँपालिका–२, काँक्रीका कामी बुढा र उनका २० वर्षीय  छोरा करले पुन प्रहरीले पक्राउ गरेको हो ।

गाडी तोडफोड गर्ने राजपा नेता पक्राउ

राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै भरतीय नम्बर प्लेट भएको जिप तोडफोड गर्ने राजपा नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विजेश्वरीबाट २० लाखको मुगाको माला लुट्ने पक्राउ

काठमाडौंको विजेश्वरीबाट मुगाको माला लुट्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट उर्लेनी गाविस–१ घर भई हाल काठमाडौं बालाजु बस्ने २१ वर्षीय प्रेम भन्ने आकाश तामाङ लगायत ७ जनालाई मुगा लुटपाट गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ।

विजेश्वरीमा २० लाखको मुगा माला लुट्ने पक्राउ

काठमाडौंको विजेश्वरीबाट मुगाको माला लुट्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट उर्लेनी गाविस–१ घर भई हाल काठमाडौं बालाजु बस्ने २१ वर्षीय प्रेम भन्ने आकाश तामाङ लगायत ७ जनालाई मुगा लुटपाट गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ।

विप्लवका ५ सय कार्यकर्ता पक्राउ

निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता पक्राउ गरेको छ। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले पनि नेकपाका कार्यकर्तालाई धरपकड गरेको थियो।

गोजमो कार्यकर्ता पक्राउ, दार्जिलिङमा त्रास

भाषाको विषयलाई लिएर भारत पश्चिम बंगालका विभिन्न स्थानमा चर्किएको आन्दोलनमा प्रहरीले पाँच नेपाली भाषीलाई शनिबार राति पक्राउ गरेको छ। आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चा (गोजमो) का नेताकार्यकर्ता पक्राउ परेपछि नेपाली भाषी आक्रोशित र त्रसित बनेका छन्।

अबैध सम्वन्धपछि महिला वेपत्ता पारेको आरोपमा शिक्षक पक्राउ

७ सन्तानकी आमालाई बेपत्ता पारेको आरोपमा गाउँकै विद्यालयका एक शिक्षक पक्राउ परेका छन्।

चोरी गरेर भाग्दा भाग्दै पक्राउ

चोरी गरेर भाग्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ गंगाहल नजिक गुम्वु छिरिङ तामाङको घरमा डेरा गरी बस्ने विवेक चौलागाई र घरधनीका छोरा विकास तामाङको कोठामा चोरी गरेर भाग्दै गरेका सुनसरी भानुचोकका २४ वर्षीय आशिष श्रेष्ठ पक्राउ परेका हुन्।

रक्तकालीमा सुनको गहना लुट्ने दुई म्यादी प्रहरी पक्राउ

मोरङ, सुन्दरपुर–८ घर भई भई हाल रक्तकाली बस्ने म्यादी प्रहरीमा सिंहदरवारमा कार्यरत २२ वर्षीय  सञ्जय भट्टराई र जुम्ला सिजा गाउँपालिका–२ घर भई हाल रक्तकालीमा बस्ने २० वर्षीय निशान रावललाई बुधबार ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

कीर्ते कागजात बनाएर भिषा आवेदन गर्नेहरु अब पक्राउ पर्ने

सरकारी कागजात र छाप कीर्ते गरी नेपालस्थित विभिन्न देशका दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिनेलाई अब तुरुन्त पहिचान गरी कारबाही हुने भएको छ।

बालक अपहरण गर्ने छिमेकी पक्राउ

सर्लाहीको बरहथवाबाट बालक अपहरण गर्ने छिमेकी सहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेका छन् । बालक अपहरण गरेर भारत पुर्याउने तीन जनालाई पक्राउ गरी ९ दिन पछि ७ वर्षीय बालकलाई भारतको घोडासान स्थित रेल्वे स्टेशनबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्