२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विस्फोटक पदार्थसहित सञ्चारकर्मी पक्राउ

रौतहटमा प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । विस्फोटक पदार्थसहित दुई जना गेस्ट हाउसमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चन्द्रपुर नगरपालिका रहेको सुदर्शन होटलबाट ३० थान जिलेटिन, २२ थान डिटोनेटर र चार फिट फ्यूज सहित सञ्चारकर्मी र अर्का एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताएका छन् ।

नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ ।

लन्डन ब्रिजका थप एक आक्रमणकारी पक्राउ

बेलायतको प्रंहरीले लन्डन ब्रिजमा आक्रमणको आरोपमा बुधबार थप एक जनालाई पक्राउ गरेको छ । एकजना ३० वर्षीय युवकलाई बुधबार पक्राउ गरेको जनाइएको छ ।

एमालेले गाडेको झन्डा काँग्रेसले झिकेपछिको विवाद सुल्झियो, दुई पक्राउ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयको घरमा पार्टीको झण्डा राखेको विषयमा भएको कांग्रेस र एमालेको बिवाद सहमतिमा टुंगिएको छ। मंगलबार एमालेका नेता तथा कार्यकर्ताले साविकको डिकुवा–७ का स्थानीयको घरमा राखेको झण्डा कांग्रेस कार्याकर्ताले झिकेर कांग्रेसकै झण्डा राखेपछि सुरु भएको बिवाद भएको थियो।

छोरी बलात्कार गर्ने बुवा पक्राउ

दिउँसै घरभित्र छोरीमाथि बलात्कार गर्ने बुवालाई कोहलपुर ड्राईभरटोलका स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । पत्नि विदेशमा गएको मौका छोपी १८ बर्षीय छोरीमाथि बलात्कार गर्ने ४५ बर्षीय बुवालाई गाउँलेले पक्राउ गरी ईलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा  लगाएका छन् ।

२० हजार घुससहित भूमिसुधारका सुब्बा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत सम्पर्क कार्यालय कोहलपुर टोलीले २० हजार घुससहित भूमिसुधार कार्यालयका सुब्बालाई पक्राउ गरेको छ । भूमि सुधार कार्यालय नेपालगन्जका नायव सुब्बा शैलेन्द्रकुमार कर्णलाई बुधबार दिउँसो साँढे १ बजेतिर २० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

१७ वर्ष पछि हत्या आरोपि पक्राउ

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ का मिङ्गमार लामा भन्ने कामी तामाङ्ग १७ वर्षपछि पक्राउ परेका छन्।

निर्वाचन विरोधी नेकपाका जिल्ला संयोजक पक्राउ

निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई सोमबार पक्राउ गरेको छ।

घुस लिएको अभियोगमा दुई कार्यकारी अधिकृत पक्राउ

घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन्। सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो।

पाँच लाख घुससहित मालपोत कर्मचारी र दलाल पक्राउ

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले करिब ५ लाख घुससहित जिल्ला मालपोत कार्यालय बाँकेका कर्मचारी पक्राउ गरेको छ। आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट खटिएको टोलीले मालपोतका खरिदार नरबहादु सारु मगर र लेखापढी व्यवसायी सर्जु थापालाई ४ लाख ९८ हजार घुससहित सोमबार राति नेपालगन्जबाट पक्राउ गरेको हो।

भ्रष्टाचार अभियोगमा पक्राउ शर्मा वीर अस्पतालबाट नर्भिक सरे

भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा वीर अस्पतालबाट नर्भिक सरेका छन्। नर्भिकमा उनलाई इमर्जेन्सीमा भर्ना गरिएको छ। 'उच्च रक्तचापको समस्या रहेछ। डाक्टरको टोलीले चेकजाँच गर्दै गर्दैछ', नर्भिक अस्पताल स्रोतले भन्यो, 'सबै चेकजाँचपछि भन्न सकिन्छ।'

म्हैपीबाट ३२ लाख लुट्ने समूह पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको हो।

चार थान कटुवा पेस्तोल सहित पक्राउ

तुल्सिपुर उपमहानगरपालिका–४ सिमखोला बस्ने ६२ वर्षीय बिक्रम कामीलाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्