२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घुस लिएको अभियोगमा दुई कार्यकारी अधिकृत पक्राउ

अख्तियारले पक्राउ गरेका गोलन्जोरका कार्यकारी अधिकृत भोलाकुमार अाले

सिन्धुली- घुस लिँदै गर्दा आज दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन्। सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो। 

सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृत भोलाकुमार अालेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

गोलन्जोरका कार्यकारी अधिकृत आलेलाई रु एक लाख ५१ हजार र फिकलका कार्यकारी अधिकृत सतीश भट्टराईलाई रु ९० हजार घुस लिएको आरोप लगाइएको छ। कमलामाई नगरपालिका-६ स्टलबजारस्थित धु्रव इलोक्ट्रोनिक्ससँग रु पाँच लाखको सोलार खरिदमा उनीहरुले पसलेसँग घुस लिँदै गर्दा पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। 

विद्युत् लाइन नपुगेका गाउँपालिकामा सोलार जडान गर्दा आफूले भनेअनुरुप पैसा नदिए सोलारको भुक्तानी रोकिदिने भन्दै धु्रव इलोक्ट्रोनिक्सका प्रोपाइटर धु्रव श्रेष्ठलाई धम्क्याइएको सिंहले बताए। 

यसअघि नै उनीहरुले सोलारको भुक्तानी गर्नुपर्ने भए पनि पैसा नदिएकै कारण रोक्दै आएका थिए। सिन्धुलीमा यसअघि गत चैत १८ गते कमलामाई सिन्धुलीका नापी सर्वेक्षक सन्तोष श्रेष्ठलाई बाटो छुट्याइदिएबापत रु २२ हजार पाँच सय घुस लिएको आरोपमा आयोग सम्पर्क कार्यालय बर्दिवासले पक्राउ गरेको थियो। रासस 

प्रकाशित: २३ जेष्ठ २०७४ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App