१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नक्कली कागज पेश गरेको भन्दै प्रअ कारबाहीमा

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रत्नकुमार बस्नेतले नक्कली कागजपत्र पेश गरेर रकम भुक्तानी गर्नखोजेको खुलास भएको छ।

नक्कली स्यानिटाइजर बनाउने पक्राउ

नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बन्दाबन्दीमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ।

लकडाउन उल्लंघनमा नक्कली गर्भवतीदेखि नक्कली मृतकसम्म

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हाल मुलुकभर लकडाउन गरिएको छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज छैन । कतिपय टोलबाट अर्को टोल आवत–जावत गर्नमा समेत रोक लगाइएको छ ।

नक्कली चिकित्सक प्रहरी नियन्त्रणमा

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको  भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ।

भक्तपुरमा नक्कली सेनिटाइजर !

भक्तपुरमा बजार अनुगमनका क्रममा कोरोना भाइरस (कोभिड-१९) हातबाट सर्न नदिन प्रयोग गर्ने सेनिटाइजर नक्कली भएको आंशकामा सम्बन्धित कम्पनीलाई हाजिर हुन दिर्नेशन दिएको छ। भक्तपुर नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन गर्ने क्रममा नयाँं निस्केको सेनिटाइजर जेल नभएको र लगाउँंदा तुरुन्त सुक्नुपर्नेमा त्यस्तो नभएको पाइएपछि सम्बन्धित कम्पनीलाई नगरपालिकामा हाजिर हुन निर्देशन गरिएको जनाइएको छ।

मेडिकल अनुमति नभएका चिकित्सक पक्राउ

अर्कैको एनएमसी नम्बर प्रयोग गरेर वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डाक्टर दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो।

नक्कली चिकित्सक पक्राउ

नक्कली एनएमसी नम्वर प्रयोग गरेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डा. दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली प्रतिवेदनको आधारमा नगरपालिकाद्वारा रकम भुक्तानी गरेको खुलासा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले कामै नभएर नक्कली योजना अनुगमन प्रतिवेदनको आधारमा एक योजनामा रकम भुक्तानी गरेको रहस्य बाहिरिएको छ। पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत कार्यक्रम अन्तर्रगत त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगर हुँदै फोक्सुण्डो प्रवेशद्वार सुलगाड जाने पदमार्ग निर्माणको नाममा नेपाल पर्यटन वोर्डले उपलब्ध गराएको दश लाख रुपैयाँ कामै नभएको अवस्थामा पनि नक्कली अनुगमन प्रतिवेदनको आधारमा उपभोक्तालाई भुक्तानी गरिएको पाइएको हो।

वडाध्यक्षकाे संलग्नतामा नक्कली नागरिकता

टोखा नगरपालिका–३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले ठेगाना नखुलेकी एक युवतीको जन्मदर्ता बनाई, नक्कली आमाबुबा खडा गरी मिलेमतोमा वडाको सिफारिस बनाएर जिल्ला प्रशासन कार्यालयमा पठाएपछि छानबिन गर्दा कागजात नक्कली ठहरिएको हो।

नक्कली प्रमाणपत्रधारीमाथि अख्तियारको नजर

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरी सेवा सुविधा लिएका र बढुवासमेत भएका ६ कर्मचारीमाथि छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । आयोगका अनुसार यस्ता प्रकृतिका मुद्दा बिहीबार ५ र शुक्रबार एउटा दायर गरिएको थियो । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोप लगाइएकामा शिक्षक, कर्मचारी लगायत प्राविधिक कर्मचारीसमेत छन् ।

किर्ते बैंक ग्यारेन्टी पेस गर्ने ठेकेदार थुनामा

रौतहटको गढीमाई नगरपालिकामा वाग्मती नदीको समनपुर घाटको बालुवा–गिट्टी ठेक्का हत्याउनको लागि नक्कली बैंक ग्यारेन्टी बनाएर पेस गरेको आरोपमा भाग्यमानी कन्स्ट्रक्सनका सञ्चालक रामानन्द साहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

नक्कली नोटसहित दुई पक्राउ

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ। सो टोलीले काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकबाट रु एक हजार दरका ३१ थान नक्कली नोटसहित बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगरलाई आज बिहान पक्राउ गरेको हो।

नक्कली बिल भर्पाइ बनाई १७ लाख बढीको हिनामिना

गौरीगंगा नगरपालिका–१, चौमालास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले गत जेठमा आएको हावाहुरीले जंगलमा ढलेका रुखहरु कटानीका लागि आदेश माग्नका लागि ९ लाख रुपैयाँ खर्च भएको बताएको छ।

नक्कली नोट कारोबारी पक्राउ

प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा चार बंगलादेशीलाई पक्राउ गरेको छ। दुई छुटाछुटै स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्