१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

तीन हजार ५८ थान नक्कली बेरिङ बरामद

वीरगन्जमा प्रहरीले एउटा पसलबाट भारी परिमाणमा नक्कली बेरिङ बरामद गरेको छ। वीरगन्ज महानगरपालिका वडा नं.८ घण्टाघरस्थित ‘श्रीश्याम मेसिनरी टुल्स’ भन्ने पसलबाट प्रहरीले विभिन्न नम्बरका साइजमा (सानो ठूलो गरी) जम्म तीन हजार ५८ थान बेरिङ बरामद गरेको हो।

नक्कली नोटको कारोबारी पक्राउ

प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा चार बंगलादेशी नगारिकलाई पक्राउ गरेको छ। दुई छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

नक्कली घ्यू बनाउने कारखाना फेला, संचालकसहित ३ पक्राउ

वीरगन्जमा प्रहरीले नक्कली घ्यू बनाउने कारखाना र गिरोह बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको एउटा टोलीले वीरगन्ज महानगरपालिका वडा नं १५ लक्ष्मण वा ब्रह्मचोक नजिक संचालन गरिएको नक्कली घ्यु बनाउने कारखाना फेलापारेपछि त्यसका संचालक सहितच ३ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपररक्षिक बिरेन्द्र बहादुर शाहीले बताए।

पेप्सीविरुद्ध दुई अर्ब कर छलीको मुद्दा

राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबारमार्फत राजस्व छलेको अभियोगमा बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजविरुद्ध करिब दुई अर्ब रूपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ

नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

नक्कली बिजक बनाएर ८७ लाखको कर छली

वस्तु तथा सेवा खरिद नै नगरी मूल्य अभिवृद्धि कर(भ्याट)को झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजश्व छली गरेको तथ्य फेला परेको छ।

नक्कली चेकबाट पैसा निकाल्ने गिरोह मोटरसाइकल चोर

कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ। व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन्। होस पुर्‍याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ।

नक्कली चेकमार्फत लाखौं रुपैयाँ झिक्ने गिरोह प्रहरीको फन्दामा!

गत ८ गते राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहाकले आफ्नो खाताबाट पटक पटक गरि १९ लाख ९ हजार रुपैयाँ निकालेको उनको मोबाइलमा मेसेज आएपछि प्रहरीलेअनुसन्धान थाल्दा उनीहरू पक्राउ परेका हुन्। राजबाहाकले कुनै पनि चेक कसैलाई नदिएको भन्ने सुचना प्रहरीले पाउना साथ विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरेको थियो। साेही अाधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गरेकाे थियाे।

नक्कली प्रहरी बनेर मोटरसाइकल तस्करी

प्रहरीको नक्कली परिचयपत्र बनाएर चोरीका मोटरसाइकल तस्करीमा संलग्नलाई पक्राउ गरेको छ । सुर्खेतबाट चोरी गरेर मोटरसाइकलहरु बाहिरी जिल्लामा पु-याउने र बाहिरबाट ल्याएर सुर्खेतमा विक्री गर्ने काममा संलग्न दैलेखको चामुण्डाविन्द्रासैनीका प्रशान्त शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जामा नक्कली नोट फेला

स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ। वालिङमा भेटिएका शङ्कास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा प्रमुख सुवास आचार्यले बताए।

अर्काको नाममा ट्रायल दिने तीन नक्कली परीक्षार्थी पक्राउ

ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ।

पाँच व्यापारीविरुद्ध ३८ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले ३८ करोड ३० लाख रुपैयाँ राजस्व छली गरेको अभियोग लगाउँदै पाँचवटा व्यापारिक फर्म र तिनका प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको छ।

नक्कली सुनसहित दुई जना पक्राउ

मोटरसाइकलबाट तस्करी गर्दै गरेको नक्कली सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले त्रिभुवनराजपथ अन्तरगत हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकबाट उनीहरुलाई पक्राउ गरेको हो।

राजस्व छल्नेविरुद्ध २१ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले झुठा, नक्कली बिलमार्फत राजस्व छल्नेविरुद्ध काठमाडौं जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्