१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भिट्टामोड–जनकपुर सडक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

एक दशकदेखि बेवास्ताको शिकार भई जीर्ण अवस्थामा रहेको भिट्टामोड–जलेश्वर–जनकपुर सडक तिव्रगतिमा निर्माण कार्य सम्पन्न गर्नु पर्ने माग गर्दै महोत्तरीवासीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका छन्।

सडक खन्नै मात्र हतार !

मंसिर अन्तिम साता चाबहिल–चुच्चेपाटीको मूल सडक रातरात भत्काइयो। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याउन खनेको यो सडक अहिलेसम्म मर्मत भएको छैन। सडक मर्मत नहुँदा पैदलयात्री धुलाम्मे हुने गरेका छन्। अर्कोतिर सवारी जाम थपिएको छ। यस्तो समस्या चाबहिलमा मात्र होइन खानेपानी पाइप बिच्छ्याउन निर्देशनालयले खनेका सबै सडकमा देखिन्छ।

कुचो बोकेर मन्त्री सडकमा निस्किएपछि...

मुखमा मास्क र हातमा ग्लप्स लगाएर कुचो सहित स्थानीय विकास मन्त्री हितराज पाण्डे शनिबार बिहान पुष्पलाल चोकमा झुल्किए। त्यसपछि उनले सडकमा रहेको फोहोर धमाधम उठाउन थाले। मन्त्रीले फोहोर उठाउन थालेपछि उपस्थित सरकारी कार्यालय प्रमुख, कर्मचारी, व्यापारी, राजनीतिककर्मी तथा सर्वसाधारणले पनि सँगसँगै फोहोर उठाउन थाले।

फेसबुकमा ‘स्टाटस’ लेखेर हिँडेका विद्यार्थी नेताको सडक दुर्घटनामा निधन

सडक दुर्घटनामा गम्भीर घाइते भएका खोटाङका विद्यार्थी नेता मिलन राईको मृत्यु भएको छ। सांगठनिक कामको सिलसिलामा राजधानी काठमाण्डौंबाट दिक्तेल आउनेक्रममा मंगलबार बिहान बाइक दुर्घटनामा परी गम्भीर घाइते भएका राईको ट्रमा सेन्टरमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

अवसरले आत्मनिर्भर बन्दै सडक बालबालिका

धादिङकी सिर्जना दुलाल (नाम परिवर्तन) ले ११ वर्षमा आमा गुमाइन्। बाबुले दोस्रो बिहे गरे। सौतेनी आमाको हेलाका कारण उनी १२ वर्षको उमेरमा भागेर काठमाडौं आइन्।

उपत्यकाकाे सडकः 'मेलम्चीपानी'काे सपनासँगै फाेक्साे भरिने धुलाे

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका सडकमुनि विभिन्न ४० स्थान मेलम्चीकाे पानि वितरण गर्न पाइप विच्छ्याउने कार्य जारी राखेकाे छ।

कलंकी सडक खण्डमा सात पुल तयार

राजधानीको कलंकी–कोटेश्वर सडक विस्तार कार्य सम्पन्न गरी गत महिना नै सरकारलाई बुझाउने सम्झौता भए पनि अहिलेसम्म सातवटा पुलमात्र निर्माण सम्पन्न भएका छन्।  १०.३९ किलोमिटर लामो उक्त सडक विस्तारको काम भने हालसम्म ४८ प्रतिशत मात्र सकिएको ठेकेदार कम्पनीले जनाएको छ।

दशगजामा निर्माण गरेको पक्की सडक भत्काउन भारतको निर्देशन

भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन्।

सम्पदा क्षेत्र प्रवेश सडक अस्तव्यस्त

पाटन दरबार क्षेत्र प्रवेश गर्ने लगनखेल–मंगलबजार सडकका खाल्डाखुल्डीले सवारी र बटुवालाई अवरोध पुगेको छ। खाल्डाखुल्डीकै कारण सडकमा धुलो उड्न थालेको छ। 'चार वर्षअघि यो सडक व्यवस्थित थियो, तर हिजोआज खाल्डाखुल्डी र धुलोले हिँडिसक्नु छैन,' पाटन मंगलबजारका स्थानीय व्यापारी शम्भुगोविन्द ताम्राकारले नागरिकसँग भने, 'पर्यटक ओहोरदोहोर गर्ने मुख्य सडक यसरी अस्तव्यवस्त हुनु सरोकारवाला निकायको उदासीनता हो।'

नेपालको अापत्ति बेवास्ता गर्दै भारतले बनायो दसगजामै पक्की सडक

अन्तरार्ष्ट्रिय मान्यताविपरित भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ।

भारतद्वारा महोत्तरीमा दशगजा मिचेर सडक निर्माण

भारतीय पक्षले महोत्तरीको सिमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको छ।

सडक खन्दै गरेको डोजर पल्टिँदा तीन जनाको मृत्यु

प्यूठानको दाङबाङ–६, कोलबोटमा डोजर पल्टिँदा ३ जनाको ज्यान गएको छ। स्थानीय सडक खन्न गएको जेसीबी पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ९ जना घाइते भएका छन्।

२० दिनदेखि बन्द सडक खुलाउने प्रयास भएन

स्थानीय तह पुनःसंरचनामा असन्तुष्ट पक्षले खोटाङमा तीन हप्ताअघि सुरु गरेको अनिश्चितकालको सडक बन्द कायमै छ। जिल्लाबाट सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाइएको बिरोधमा पुस २३ गतेदेखि सुरु अनिश्चितकालिन सडक बन्द अझै खुल्न सकेको छैन।

हुलाकी सडकमा राजनीति

हुलाकी सडकका नाममा धेरै राजनीति भैसक्यो। सच्चा सहिद दुर्गानन्द झाको नाम वा अरु कुनै नाममा बाटोको अन्तिम नामकरण हुन सकोस्। डीपीआर टुंगो लगाएपछि त्यसैअनुसार विकास योजनाका नाममा बाटोका काम अगाडि बढ्न सकोस्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्