१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मुग्लिन सडक आजदेखि फेरि ६ घन्टा बन्द

चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले आजदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ। वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले आजदेखि नियमितरुपमा सडक बन्द गरेर काम गर्न लागेको हो।

सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७मा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको बिहीबार मृत्यु भएको छ ।

चुनावका बेला नारायणगढ मुग्लिन सडक २४ सै घण्टा खुला हुने

निक छ घण्टा बन्द हुने नारायणगढ मुग्लिन सडक आउँदो सोमबार अर्थात् वैशाख २५ देखि जेठ तीन गतेसम्म २४ सै घण्टा खुला रहनेछ। स्थानीय चुनावका लागि आउजाउ गर्ने मतदाताहरुको सुविधालाई ख्याल राखेर सो निर्णय गरेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी गराएको छ।

६ लेन सडक निर्माणमा ढिलासुस्ती

गत मंसिरमा मोहना नदी अत्तरियासम्म ६ लेन सडक निर्माण गर्न आयोजनाको कार्यालय तामझामका साथ उद्घाटन हुँदा स्थानीयवासी उत्साहित र खुसी भएका थिए। पाँच महिना बित्दासम्म ६ लेन सडक निर्माणको काम सुरु हुन सकेको छैन।

कोटेश्वर सडक बेहाल

कोटेश्वरको मुख्य चोकमा खानेपानीको पाइप फुटेर सडक हिलाम्मे हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । पाइप फुटेको महिनौं भइसक्यौ, जसले गर्दा ठूलो सँख्यामा सवारीसाधन तथा बटुवाको आवातजावात हुने सडकमा दिनहुँ सवारी फस्ने समस्या देखिएको छ । कोटेश्वर चोक यति बेला हिलाम्मे पानीले जलमग्न भएको छ ।

डोल्पालीको सडक सपना साकार हुँदै

राष्ट्रिय सडक सञ्जालमा जोडिने बिकट डोल्पाबासीको सपना साकार हुनै लागेको छ । देशका ७३ जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिइसकेको बेला अब डोल्पा पनि देशका अन्य जिल्लासँग जोडिनै लागेको हो । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडक खण्डको एक सय १७ किलोमिटरमध्ये नौ किलोमिटर मात्र निर्माण गर्न बाँकी रहेपछि वर्षौंदेखिको बस चढ्न पाइने डोल्पाबासीको सपना पूरा हुनै लागेको हो ।

व्यस्त सडकमा पाइप विछ्याउने कार्य अन्तिम चरणमा

काठमाडौं उपत्यकाको मुल सडकमा पाइप बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी उपत्यकामा ल्याउन पाइप बिच्छ्याउने काम गरिरहेको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार अब पाँच किलोमिटर क्षेत्रमा मात्रै पाइप बिच्छ्याउन बाँकी छ ।

रातको समयमा पखालिँदै काठमाडौँका सडक

धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ ।

ट्राफिक चिह्न नभएका सडकमा कारबाही

काठमाडौं उपत्यकाका सडकमा लेन छुट्टिदैन न त जेब्राक्रस नै देखिन्छ। तर, अधिंकाश चालक मेटिएका त्यही चिह्न मिचेको भन्दै ट्राफिक कारबाहीमा पर्ने गरेका छन्। राजधानीका सडकमा जेब्राक्रस तथा लेन मेटिएको महिनौं भइसक्यो।

बाढीका कारणा बेनी–जोमसोम सडक अवरुद्ध

बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा सवारी आवागमन ठप्प बनेको हो ।

नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा चट्टान झर्ने खतरा

सडकमा अचानक चट्टानको थुप्रो झर्दा दुईजनाको ज्यानै गएको निर्माणधिन नारायणगढ मुग्लिन सडक खण्डको घुमाउनेमा फेरि पनि ठूलो मात्रामा चट्टान झर्ने खतरा बढेपछि कम्तिमा बुधबार दिनभरका लागि यातायात आवागमन बन्द हुने भएको छ । मेशिन औजार लगेर बुधबार बिहान १० बजेबाट चट्टान झार्न सुरु गर्ने र साँझसम्म काम सक्ने योजना रहेको आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले बताए ।

भत्किएका सडक तुरुन्तै बन्ने

वरपरका सडक महिनौंदेखि भत्किँदा उड्ने धुलोबाट आजित हुनु भएको छ? अब पिर मान्नु पर्दैन। भत्किएका सडक तुरुन्तै बनाइने छ। तर, सडक दिक्दारीका बारेमा भने काठमाडौं महानगरपालिका कार्यालय वा नजिकका वडा कार्यालयलाई जानकारी दिनुपर्छ।

नारायणगढ-मुग्लिन सडक खण्डको पहाड विस्फोट गर्न माग

नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ।

सडक दुर्घटनामा परी बेलायतमा एक नेपालीको मृत्यु

सडक दुर्घटनामा म्याग्दी दग्नाम स्थायी घर भई हालः बेलायतमा बसोबास गर्ने ७८ वर्षीया थमति पुनको मृत्यु भएको छ। लण्डनमा बस्ने पुनलाई शनिबार सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु भएको मोना युकेले जनाएको छ।

सडक सभ्यता

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (ग) मा इमर्जेन्सीबाहेकको अवस्थामा सवारीसाधनको हर्न बजाएमा पहिलो चरणमा पाँच सय, दोस्रोमा हजार र तेस्रो चरणमा डेढ हजार जरिबाना उल्लेख छ। अढाइ दशकअघि नै तयार उक्त ऐन परिपालना नहुँदा उपत्यकाबासीले अनाहकमा यतिका वर्ष कर्कस ध्वनि प्रदूषणको सिकार बन्नुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्