पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु
नारायणगढ मुग्लिन सडक खण्डको चार किलो भन्ने ठाउँमा आज बिहानदेखि सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सो सडक तीन घन्टापछि सञ्चालनमा आएको छ ।
नारायणगढ मुग्लिन सडक खण्डको चार किलो भन्ने ठाउँमा आज बिहानदेखि सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सो सडक तीन घन्टापछि सञ्चालनमा आएको छ ।
नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहानदेखि सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।
जलजला गाउँपालिकाअन्र्तगत माझफाँट बगरदेखि बासखर्क हुँदै लेखफाँटको लोप्रेसम्मको सडक सञ्चालनमा आएको छ । तरकारी, फलफुल, दुध उत्पादन गरी बिक्री वितरणका लागि महत्वपूर्ण मानिएको यो सडक नाका खुलेपछि त्यसक्षेत्रका कृषक हर्षित भएका छन् ।
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग निर्माणले नेपालको एकमात्र जलयात्रा प्रभावित बनेको छ । कालीगण्डकी जलविद्युतको ‘ड्याममा र्याफ्टिङ्ग’ गर्न आउने पर्यटकहरु घटेसँगै जलयात्रा प्रभावित बनेको हो ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टेलिफोनबाटै जुम्लामा भइरहेको आमसभालाई सम्बोधन गरेका छन्। मौसममा आएको खराबीका कारण जुम्ला नपुग्दै जहाज नेपालगञ्ज फर्केपछि जुम्लाको अमसभालाई टेलिफोनवाट सम्बोधन गरेका हुन्।
सडक चौडा पार्ने क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा जोखिम क्षेत्र पहिचान गरिने भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक नारायण भट्टले विज्ञ तथा इन्जिनियरको सहभागितामा जाँच गरेर उक्त सडकखण्डमा जोखिम क्षेत्रको पहिचान गर्ने जानकारी दिए । उनले विज्ञ इन्जिनियर र भूगोलविद्को सहभागितामा जोखिम क्षेत्र पहिचान गरी सो क्षेत्रमा आवश्यक सावधानी अपनाउने निर्णय भएको जानकारी दिए।
आठ महिना अघि भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कार्य प्रारम्भ गर्न शिलान्यास गर्ने क्रममा सत्ताधारी दल माओवादी केन्द्र, नेपाली काँग्रेस र नयाँ शक्ति लगायत धेरै राजनीतिकदलहरुले उक्त सडक निर्माण कार्य शुरु हुनुलाई आ–आफ्ना पार्टीकै साखसँग जोड्दै आ–आफ्नै दलको प्रयासमा सडक निर्माण कार्यको शुरुवात गरेको फुर्ति लगाएका थिए । तर यतिका प्रमुख राजनीतिक दलले आ–आफना पार्टीको साखसँग जोडेका भिट्टामोड –जलेश्वर– जनकपुर सडक निर्माण कामको गति भने कछुवाको गति जस्तै छ । उक्त सडकमा अचाकली उड्ने धुलोले हिड्नै सकस हुन थालेको छ ।
नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रले तानसेन नगरपालिका भित्रका सडक बत्तीको तीन करोड ५० लाख ४२ हजार रूपैयाँ तत्काल बुझाउन तानसेन नगरपालिका कार्यालयलाई पत्राचार गरेको छ ।
सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ। साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ।
मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउने भन्ने ठाउँमा बिहान १०:३० बजे पहाडको ढिस्को खस्दा कम्तिमा ९ सवारी साधन पुरिएका छन्। एक जनाको मृत्यु भएको छ।
सडकमा जथाभावी निर्माण सामग्री राखेर निर्माण कार्य गरिरहनु भएको छ? यसो हो भने होसियार रहनुस् किनकी काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको पाएमा जफत गर्ने भएको छ।
काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले उपत्यकामा भइरहेको सडक विस्तारको विरोधमा प्रदर्शन गरेको छ।
सिंहदरबारको दक्षिण गेटअगाडि बिहीबार बिहान एक हुल मान्छे गन्तव्यतिर लम्किरहेका थिए। यी मान्छे देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आसपास नभएर रोपाइँमा गएर आइरहेको भान हुन्थ्यो।
सोलु दूधकुण्ड नगरपालिकामा समाहित हुने आफूहरुको माग विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै सोलुखुम्बुको साविकको तिङ्ला गाविसका बासिन्दाले गरेको सडक बन्द छ दिनपछि विहीबार बिहानबाट सञ्चालन भएको छ ।
विद्युत् प्राधिकरण, पाल्पाले तानसेन नगरपालिकाभित्रका सडक बत्तीबापतको रु तीन करोड ५० लाख ४२ हजार बक्यौता उठ्न अझै बाँकी रहेको जनाएको छ ।