१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कर्णालीको मुख्य चुनावी अजेन्डा- 'उत्तरी सीमासम्म सडक'

२०५५ सालको जिल्ला परिषद्मा हुम्ला जिविसका तत्कालीन सभापति जीवनबहादुर शाहीले एउटा प्रस्ताव पास गराउन निकै समस्या झेल्नुप¥यो । उनले चीनको सीमावर्ती हिल्साबाट हुम्लाको सिमकोट जोड्ने सडक बनाउने प्रस्ताव राख्दा आलोचकले परिषद्मै भनेका थिए, ‘यो मान्छे बहुलाउन लाग्यो कि क्या हो ? हुँदै नहुने कुरा गर्छ ।’

नगरपालिकामा भित्रका सडक बिग्रेका मात्रै

जिल्लाको सदरमुकाम रहेको  भेरी नगरपालिका भित्र आउने र यहाँबाट बाहिर जाने  राजमार्ग र अन्य सडकको अवस्था निकै जिर्ण बनेको छ । सडक विभाग,  स्थानीय प्रशासन, नगरपालिका र अन्य सरोकारवाला निकायले वास्ता नगरेका कारण सडकको अवस्था  निकै  बिग्रेको  हो।

सडक पुनःमर्मत नहुँदा ज्यान जोखिममा

सोह्र वर्षअघि निर्माण भई सञ्चालन हुँदै आएको सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी भएर घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग अहिलेसम्म पनि पुनःमर्मत हुन सकेको छैन।  लोकमार्ग खण्डमा सञ्चालन हुने अधिकांश सवारीका साधन उच्च जोखिममा पर्दै गएका छन्। सडक निर्माण भएको एक वर्षदेखि नै सडक भत्कन थाले पनि अहिले यतिका वर्ष भइसक्दासम्म यसको पुनःमर्मतसमेत नभएपछि अहिले यो मार्ग अति नै जोखिममा रहेको यातायात सञ्चालक तथा ट्राफिक प्रहरी बताउँछन्।

आजबाट नारायणगढ मुग्लिन सडक पटक-पटक बन्द हुने

नारायणगढ मुग्लिन सडक हुँदै गाडीमा यात्रा गर्नेहरुले आजदेखि बीच बीचमा बन्दको झन्झट पनि बेहोर्नु पर्ने छ । अल्लिा वर्षहरुमा दिनमा लगातार छ घण्टासम्म बाटो बन्द गरेर निर्माणको काम हुने गरेको यो खण्डमा आज आइतबारदेखि केही समय गाडी रोक्दै खुलाउँदै सडकको काम हुने भएको छ ।

नारायणगढ मुग्लिन सडक आज दिनभर बन्द हुने

निर्माणाधिन नारायणगढ मुग्लिन सडक आज बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म बन्द हुने भएको छ । सडकमा खस्ने खतरा रहेको चट्टानको टुक्रा झार्नका लागि दिनभर सडक बन्द गर्नु परेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।

राजपाले सडक नाटक गर्ने

राजपाले दुई नम्बर प्रदेशको चुनावलाई विशेष प्राथमिकतामा राख्दै त्यहाँबाट उम्मेदवार बनेकालाई विजयी गराउन घरदैलो अभियान, कोणसभा गर्ने रणनीति तय गरेको छ । यसका साथै सडक नाटक गर्ने पनि नेताहरुले बताएका छन् ।

सडकका खाल्डा पुर्न २५ करोड

विस्तार गरिएका सडकलाई यसै वर्षभित्र कालोपत्रे गरिसक्ने महानगरपालिकाले जनाएको छ । यसअघि भत्काइएका सडक समेतलाई कालोपत्रे गरिने र मापदण्ड मिचेर बनाइएका पर्खाल तथा अन्य संरचना भत्काएर सडक विस्तार गर्ने महानगरपालिकाले जनाएको छ ।

उपभोक्ताले भत्काए सडकको सोलिङ

सदरमुकामको मालापथबाट कुलधारास्थित मेची राजमार्ग जोड्ने कच्ची सडकमा गुणस्तरहीन सोलिङ गरेर चरम लापरबाही गरिएको भन्दै स्थानीयले सोलिङ नै भत्काइदिएका छन् । सोलिङ गर्ने नाममा लाखौं खर्च गरी रकम दुरुपयोग गरिएको भन्दै आक्रोशित स्थानीयले सडकको सोलिङ उखेलेर फ्याँकेका हुन् ।

तनावले बढाउँदै सडक दुर्घटना

पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारकमा परिवर्तन देखिएको छ । पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै । मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किन पुग्छ । सडकमा उभिएका ट्राफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ । ‘बाटो, गाडी सबै ठीक हुन्छन्, त्यस्तो बेला सडकछेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन्,’ ललितपुर ट्राफिक परिषद्का प्रहरी निरीक्षक सीताराम हाछेथूले भने।

नारायणगढ–मुग्लिन सडकमा पुनः यातायात रोकेर काम गरिने

नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका लागि पुनःदिउँसो यातायात रोकेर काम थालिने भएको छ। नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने छ। कात्तिक १५ गतेतिरबाट दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ।

काठमाडौँका सडक विस्तार र समस्या

सहरलाई गहनाले झैँ शृंगार गर्ने सहरी सडक आज कुरूप देखिएका छन् । सडक यतिखेर इतिहासमै अस्तव्यस्त र धुलोधुवाँको प्रकोपबाट आक्रान्त छन् ।

सडकका कुकुर विदेशमा !

यमपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरको पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ । सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन । अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन । उनीहरू सबैका लागि आँखाको कसिंगरसरह हुन्छन् ।

खलंगा–रिम्ना सडक संञ्चालन

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत ठाँटीबजार न्यूरोडको सडक संञ्चालनमा अाएकाे छ । करिब एक महिना लामो मर्मत कार्य सम्पन्न भएपछि साेमबारबाट सडक संञ्चालन भएको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले जानकारी दिइन् ।

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण शुरु

नुवाकोट डिभिजन सडक कार्यालयले ४० किलोमिटर लामो दुई लेनको सडक (लोकसञ्चार मार्ग) निर्माण शुरु गरेको छ। झन्डै रु डेढ अर्ब लागत लाग्ने उक्त सडकको पहिलो खण्डको १० किमी सडक शुक्रबारदेखि निर्माण शुरु भएको हो। डिपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डका लागि रु ५० करोड ८५ लाख लाग्ने उल्लेख गरिए पनि रू सवाँ २४ करोडमा ठेक्का सम्झौता भएको छ।

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण शुरु

नुवाकोट डिभिजन सडक कार्यालयले ४० किलोमिटर लामो दुई लेनको सडक (लोकसञ्चार मार्ग) निर्माण शुरु गरेको छ।  झन्डै रु डेढ अर्ब लागत लाग्ने उक्त सडकको पहिलो खण्डको १० किमी सडक शुक्रबारदेखि निर्माण शुरु भएको हो। डिपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डका लागि रु ५० करोड ८५ लाख लाग्ने उल्लेख गरिए पनि रू सवाँ २४ करोडमा ठेक्का सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्