११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सडक विस्तार गर्न दैनिक आठ घन्टा बन्द

पुस १ गतेदेखि ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको काम तीव्रता दिन दैनिक आठ घन्टा सवारी साधन आवतजावत बन्द गर्न थालिएको छ । प्रत्येक बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहानको ११ बजेदेखि अपरान्ह ४ बजेसम्म यातायातका साधन बन्द गरिने भएको हो ।

गल्छी–त्रिशूली सडक दैनिक आठ घण्टा बन्द

गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ।

चीन जोड्न दर्जन सडक निर्माण हुँदै

सरकारले चीनसँगका सीमामा सडक जोड्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ। चीनसँग पारवहन सम्झौता गरेको सरकारले व्यापार बढाउने रणनीतिअन्तर्गत करिब एक दर्जन नाकासम्म सडक पुर्‍याउने योजना बनाएको हो।

दुर्घटना बढेपछि सडकमै होम !

कोशी राजमार्गअन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै आज वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन्।

सदाबहार चुनावी अजेण्डा : ‘बोगटान सडक’

शुक्रबार पहिलोपल्ट बहालवाला प्रधानमन्त्रीको रुपमा डोटीको बोगटान क्षेत्रमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बोगटान सडक’को नाम बिशेष ‘महत्व’का साथ लिए । उनले ‘बोगटान सडकलाई ट्रयाक जोडेर पीच गर्ने’ प्रतिबद्धता जनाए । साथै पूर्बमन्त्री सिद्धराज ओझाको नामबाट सो सडकको नामाकरण गर्ने पनि ‘प्रतिज्ञा’ गरे ।

बङगलादेशका वामपन्थी दल सडकमा

विद्युतमा भएको मूल्यवृद्धिको विरोध स्वरूप बङगलादेशको वामपन्थी झुकाव भएका दलहरूले बिहीबार आधा दिन हड्ताल गरेका छन्।

वीरगन्ज–पथलैया ६ लेन सडक निर्माण पछाडि धेकेलिँदै

सिमरा बजारमा करिब चार मिटर र जितपुरमा एक हजार तीन सय मिटर खण्डमा अतिक्रमित जमिन खाली गराउन चुनौती बनेको छ । त्यस्तै सिर्सिया चोकदेखि एकीकृत जाँच चौकी (आइसिपी) अगाडिसम्म सात सय मिटर अधिग्रहण कार्य त्यतिकै अड्किएको छ ।

उत्तरी मोरङका मतदाताको माग : सडक र बिजुली

मोरङ भन्ने बित्तिकै एउटा सुगम जिल्लाको रुपमा चिनिन्छ। तर मोरङ जिल्लाका कतिपय यस्ता विकट क्षेत्र छन् जहाँ अहिलेसम्म पनि सहज यातायात सेवा, बिजुली र स्वास्थ्य सेवा पुग्न सकेको छैन।

सडक ढाकेर वामपन्थी सभा

एमाले–माओवादी नेतृत्वको गठबन्धनले राजधानीमा सडक अवरुद्ध गरेर चुनावीसभा गरेको छ । गठबन्धनले नयाँ बानेश्वरस्थित संसद् भवन पश्चिमतर्फको सडकमा मञ्च बनाएर सभा गरेपछि पाँच घन्टा यातायात सेवा अवरुद्ध भयो । सडक ओगटेर सभा गर्दा यात्रु समस्यामा परे।

‘जेब्राक्रसिङ खुइलिसक्यो, सडक बनाउने गफ गर्छन्’

बालाजुको भाटभोटेनीनजिकै विमला भण्डारीको खाजा पसल छ । विभिन्न पार्टीका उम्मेदवार उनको पसलमा भोट माग्न आइसकेका छन् ।

खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडियो

पूर्वी पहाडी जिल्ला खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। बाटोमा पार गर्नुपर्ने दुधकोसीमा निर्माण सुरु गरिएको मोटरेबल पुल सम्पन्न भएपछि खोटाङ स्थायीरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसीमा निर्माण गरिएको पुल शुक्रबार बिहानदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ।

मतदाता शिक्षा प्रभावकारी बनाउन सडक नाटक

निर्वाचन आउन ५ दिन बाँकी रहँदा रसुवामा निर्वाचन शिक्षा सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।  बदर मत कम गर्न र निर्वाचन सम्बन्धी जानकारी दिनका लागि गुरुकुल नाट्य समूह नुवाकोटका कलाकारले सडक नाटक देखाएका हुन् । जिल्ला निर्वाचन कार्यालय रसुवाको संयोजनमा सदरमुकाम धुन्चेमा सडक नाटक देखाइएको आयोजकले जनाएको छ ।

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

कांग्रेस नेता गगन थापाले आफू सांसद भएर गरेका कामको फेहरिस्त आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन्। अघिल्लो पटक काठमाडौं क्षेत्र नं। ४ बाट संसदमा प्रतिनिधित्व गरेका थापाले चार वर्षे कार्यकालमा सम्पादन गरेका कामको सूची सार्वजनिक गरेका हुन्।

गौचन हत्या कारण सडक ठेक्का कमिसन

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण ठेक्का लागेको १३ अर्ब रुपैयाँबराबरको हुलाकी लोकमार्गको कमिसन र प्रहरी इन्काउन्टरमा मारिएका सामाखुसीका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको पैसा देखिएको छ ।

मेची पहाडका मतदाता भन्छन्- 'सडक, खानेपानी र बिजुली देऊ'

इलाम नगरपालिका–७, महभिरकी ५६ वर्षीया देउमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर, उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहो¥याइन्– सडक, पुल, खानेपानी र बिजुली ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्