नारायणगढ–मुग्लिन सडकखण्डमा बस्ती नभएको ठाउँमा सवारी रोकिने
नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ।
चार महिनादेखि ठेकेदारले काम छाडेपछि राजधानीबाट मध्यपूर्वी पहाड जोड्ने लामोसाँघु–जिरी सडक विस्तार आयोजना अलपत्र परेको छ । सरकारले एक्जिम बैंकको सहयोगमा अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ५५ किलोमिटर खण्ड विस्तार गरिरहेको छ ।
पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी कम्तीमा सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले बताएकाे छ ।
४ महिनादेखि ठेकेदारले काम छाडेपछि राजधानीबाट मध्यपूर्वी पहाड जोड्ने लामोसाँघु–जिरी सडक विस्तार आयोजना अलपत्र परेको छ। सरकारले एक्जिम बैंकको सहयोगमा अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको खाडीचौरबाट शुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोट सम्मको ५५ किलोमिटर खण्ड विस्तार गरिरहेको छ।
पर्यटकीय होटल व्यवसायीहरुको संस्थाले सौराहामा आयोजना गरेको हात्ती महोत्सव उद्घाटन गर्न मंगलबार चितवन आएका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष वक्ताहरुले नारायणगढ मुग्लिन सडक खण्डको निर्माण चाडै नसकिएका कारण पर्यटन चैपट भएको कुरा राखे । व्यवसायीको कुरा सुनेर प्रधानमन्त्री देउवा आफैँ छक्क परे । केही महिनाअघि आफैँले निरीक्षण गरेर काम चाडै सक्न निर्देशन दिएको सम्झना उनले गरे ।
आउँदो हप्तादेखि नारायणगढ मुग्लिन सडक रातमा बन्द हुने भएको छ । बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु समेतको बैठकले पुस १८ गतेदेखि नारायणगढ मुग्लिन सडक राती १० बजेदेखि बिहान चार बजेसम्म बन्द गर्ने निर्णय गरेको हो।
पोखरामा अंग्रेजी नयाँवर्षको स्वागत र पुरानो वर्षको विदाइ भोली बिहीवार देखि आयोजना हुने सडक महोत्सवको सबै तयारी पुरा भएको छ । पोखरामा करिब पाँचलाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य सहित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले यो महोत्सव गर्दैछ ।
सडक निर्माणको काम सकिन नपाउँदै बिग्रने समस्या नेपालका लागि नयाँ होइन । निर्माणको काम सकिँदा नसकिँदै खाल्टाखुल्टी पर्ने र भत्कने समस्याले सबैलाई आजित पारेको बेला देशमै पहिलोपटक गुणस्तरमा आधारित मर्मतसम्भार (पिबिएम) पद्धतिबाट तीन सय ८८ किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ ।
करिडोरको सौन्दर्य बढाउन बनाइएका बगैँचाअग्लो हुँदा सडकको आयु दीर्घकालीननहुने देखिएको छ । अधिकार सम्पन्नबाग्मती सभ्यताएकीकृत विकास समितिले बनाएको बगैँचा सडकभन्दा अग्लो भएको हो ।
‘सफा, स्वच्छ र सुन्दर’ नगर निर्माणका लागि सरसफाई अभियान थालेको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सडक पेटीमा राखेका सामान नियन्त्रणमा लिएको छ। नगरको स्वच्छताका लागि पुस ५ गतेदेखि ‘पुरानो फोहोर हटाउ’ अभियान थालेको नगरपालिकाले दिक्तेलबजारका सडक पेटीमा राखिएका बिक्रीका सामान नियन्त्रणमा लिएको हो। बिक्रीका सामान सडक पेटीमा राखेर बिक्रीवितरण नगर्नका लागि पटक–पटक गरिएको आग्रहलाई व्यवसायीले अटेर गरेपछि शुक्रबार एक ट्याक्टर सामान उठाइएको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।
सर्वोच्च अदालतले गत असोज २ गते उचित क्षतिपूर्ति दिएर मात्रै सडक विस्तार गर्नुपर्ने फैसला गरेको छ । सडक विभागका महानिर्देशक गोपाल सिग्देलका अनुसार अदालतले उचित मुआब्जा दिएर सडक विस्तार गर्नुपर्ने भने पनि त्यसको पूर्ण पाठ नआउँदा विस्तारको काम अघि बढ्न नसकेको हो।
गाडीको ठक्करबाट पुलकाे रेलिङ भत्केकाे नारायणगढ मुग्लिन सडक खण्डमा बिहीबार बिहानदेखि सञ्चालनमा अाएकाे छ । पुलको क्षतिग्रस्त रेलिङ बुधबार राति मर्मत गरेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए ।
नेपाल–भारतको सीमामा बनेको बहुप्रतीक्षित एकीकृत जाँच चौकी (इन्टरग्रेटेड चेक पोस्ट–आइसिपी) सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला त्यसलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सम्पर्क मार्ग निर्माण भने अन्योलमा परेको छ ।
गाडीको ठक्करले हिजो मंगलबार साँझ पुलको बार (रेलिङ) भत्केपछि नारायणगढ मुग्लिन सडक खण्डमा आज राम्रोसँग गाडी चल्न सकेका छैनन् । मुग्लिनदेखि लगभग एक किलो मिटर पर नारायागढ तर्फ तुईन खोला पुलको रेलिङ भत्केको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी शिवप्रसाद खनालले जानकारी दिए।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गएपछि पुस १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ह्याप्पी न्यु इयर’ मंगलबारबाट देशव्यापी सडक कन्सर्टमा गएको छ । फिल्मको नयाँ गीत सार्वजनिक गर्न गत सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक देवकुमार श्रेष्ठले कन्सर्टको सबै तयारी पूरा भएको जानकारी दिएका थिए ।