७ आश्विन २०८१ सोमबार
image/svg+xml

सञ्चारकर्मी सहकारीद्वारा ६ जना पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ जना पत्रकारलाई पुरस्कृत गरिएको छ।

नागरिककर्मी खड्कासहित चारजना पुरस्कृत

अधिकारी दम्पतीद्वारा आफ्ना पिता तारानिधि र माता धनमाया अधिकारीको नाममा स्थापित प्रतिष्ठानद्वारा नागरिककर्मी अमर खड्कासहित चारजना पुरस्कृत भएका हुन्। सो प्रतिष्ठानको अक्षयकोषबाट वर्षेनि भाषा, कला, साहित्य, समाजसेवा र पत्रकारितामा सक्रिय व्यक्तिलाई पुरस्कृत गर्ने गरिएको छ।

खेल पत्रकारिताबाट नागरिककर्मी पुरस्कृत

नागरिककर्मी अनिल मल्ल ठकुरी खेलकुद मन्त्रालयले प्रदान गरेको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार–२०७७ बाट आइतबार पुरस्कृत भएका छन्।

अमर नेम्बाङको स्मृतिमा डा. भटराई र नेम्बाङ पुरस्कृत

बहुआयमिक व्याक्तिका धनि स्व. अमर नेम्बाङको स्मृतिममा प्रा.डा गोविन्दराज भटराई र विर नेम्बाङलाई साहित्यिक पुरस्कार प्रदान गरिएको छ।

खुकुरी रम बेलायतमा पुरस्कृत

नेपाल डिस्टिलरिज प्रालिद्वारा उत्पादित नेपाली रम खुकुरी थ्री एक्सले बेलायतमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताको रम समूहमा स्वर्ण पदक जितेको कम्पनीले जनाएको छ ।

भानु जयन्ती समारोहमा उत्कृष्ट कवि पुरस्कृत

पोखरा सेकेन्डरी स्कुल पोखराको आयोजनामा २०७ औँ भानु जयन्ती समारोह सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा स्कुलले आयोजना गरेको ’राष्ट्रव्यापी बालकविता प्रतियोगिता’ र ’भर्चुअल ट्यालेन्ट सो’का उत्कृष्ट विद्यार्थीको नतिजा सार्वजनिक भएको छ ।

नागरिककर्मी बाँस्कोटा पुरस्कृत

नागरिक दैनिकका पाँचथर संवाददाता गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन्। फिदिम नगरपालीकाको सातौँ नगरसभाको अवसरमा बाँस्कोटालाई ‘फिदिम नगर विकास पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत गरीएको हो । नगरपालीका क्षेत्रको विकासलाई पत्रकारिता मार्फत योगदान गरेको भन्दै पुरस्कृत गरीएको छ ।

पर्यटन पत्रकारिताबाट नागरिककर्मीसहित तीन पत्रकार पुरस्कृत

पूर्वको पर्यटन प्रर्वद्धन तथा विकासमा सक्रिय रहेको धरानको सेछ ट्राभलिङले पाँचथरका नागरिककर्मी गिरीराज बाँस्कोटासहित तीन पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।

चेतना प्रतिष्ठानद्वारा पाँच जना पुरस्कृत

विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ। शनिबार प्रतिष्ठानको १५औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा साहित्य, संस्कृति, पत्रकारिता, समाजसेवा, कलालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरेको हो।

ख्वपका उत्कृष्ट विद्यार्थी पुरस्कृत

भक्तपुरको देकोचास्थित ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत भएका छन्। कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र र कानुन संकायमा दश जोड दुईदेखि स्नातकोतर तहसम्मका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका हुन्।

मोती पत्रकारिताबाट नरेशवीर पुरस्कृत

समाजसेवी मोतीलाल शिल्पकारले स्थापना गरिदिएको मोती पत्रकारिता पुरस्कारबाट यसवर्ष नरेशवीर शाक्य पुरस्कृत भएका छन्। नेपाल भाषा पत्रकारिता क्षेत्रमा विशेष योगदान दिएको पत्रकारलाई प्रत्येक वर्ष वितरण गरिने यो पुरस्कारबाट यो वर्ष नरेशवीर पुरस्कृत गरेका हुन्।

नागरिककर्मी परियार 'उत्कृष्ट सहकारी पत्रकारिता' बाट पुरस्कृत

नागरिककर्मी विनोद परियार 'उत्कृष्ट सहकारी पत्रकारिता' पुरस्कारबाट पुरस्कृत भएका छन्। सोमबार बुटवलमा बचत तथा ऋण सहकारी संघ रुपन्देहीको १४ औं वार्षिक उत्सवका अवसरमा उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार २०७४ बाट परियार पुरस्कृत भएका हुन्। उक्त पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा संघले स्थापना गरिएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी पुरस्कृत

नेपाल प्रहरी र सशस्त्र प्रहरी पुरस्कृत भएको छ। आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु फर्छौटमा सर्वोत्कृष्ट काम गरेको भन्दै बिहीबार पुरस्कृत भएको हो।

सागका बक्सिङ स्वर्ण विजेता पुरस्कृत

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन्। स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भूपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्