१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिककर्मी खड्कासहित चारजना पुरस्कृत

इटहरीका समाजसेवी रामचन्द्र अधिकारी र उनकी श्रीमती सीता अधिकारीले स्थापना गरेको प्रतिष्ठानद्वारा शनिबार चारजनालाई पुरस्कृत गरिएको छ। अधिकारी दम्पतीद्वारा आफ्ना पिता तारानिधि र माता धनमाया अधिकारीको नाममा स्थापित प्रतिष्ठानद्वारा नागरिककर्मी अमर खड्कासहित चारजना पुरस्कृत भएका हुन्।  

सो प्रतिष्ठानको अक्षयकोषबाट वर्षेनि भाषा, कला, साहित्य, समाजसेवा र पत्रकारितामा सक्रिय व्यक्तिलाई पुरस्कृत गर्ने गरिएको छ। यस वर्ष नागरिककर्मी खड्का, भाषाशास्त्री प्राध्यापक डाक्टर टंक न्यौपाने, वरिष्ठ पत्रकार सुधिर शर्मा र माया घर नेपाल इटहरीलाई नगदसहित सो पुरस्कार प्रदान गरिएको हो।  

खड्कालाई अधिकारीले २५ हजार एक सय एक रूपैयाँसहित आफ्ना सासूससुराको स्मृतिमा स्थापित दीनानाथ–नारायणीदेवी पौडेल स्मृति पुरस्कार प्रदान गरेका छन्। यस्तै, अधिकारी दम्पतीका बाबुआमा तथा सासूससुराको नाममा स्थापित तारानिधि धनमाया स्मृति पुरस्कार भाषाशान्त्री न्यौपानेलाई प्रदान गरेका छन्, सो पुरस्कारको राशि ५१ हजार एक सय एक रूपैयाँ रहेको छ। भाषाशास्त्री न्यौपानेले सो रकम धरानको महेन्द्र कलेजमा अध्ययनरत एक विपन्न छात्र र गरिमा डान्स सेन्टर धरानलाई प्रदान गर्ने घोषणा गरेका छन्।  

त्यस्तै, कान्तिपुर दैनिकका प्रधानसम्पादकसँगै लेखकसमेत रहेका शर्मालाई रामचन्द्रद्वारा आफ्ना कर्मपिताको स्मृतिमा स्थापित नारायणप्रसाद रिजाल स्मृति पुरस्कार प्रदान गरेका छन् सो पुरस्कारको राशि ३५ हजार एक सय एक रूपैयाँ रहेको छ।  

यस्तै, सामाजिक क्षेत्रमा सक्रिय माया घर नेपाललाई पनि २५ हजार एक सय एक रूपैयाँ राशिबराबरको पुरस्कार प्रदान गरिएको छ। माया घर नेपालमा अहिले एक सय पाँचजना परिवारबाट तिरष्कृत व्यक्तिलाईं संरक्षण गरेर राखिएको संस्थाकी सचिव सुभद्रा प्याकुरेलले बताइन्। 

प्रकाशित: ५ वैशाख २०७८ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App