१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मोती पत्रकारिताबाट नरेशवीर पुरस्कृत

ललितपुर- समाजसेवी मोतीलाल शिल्पकारले स्थापना गरिदिएको मोती पत्रकारिता पुरस्कारबाट यस वर्ष नरेशवीर शाक्य पुरस्कृत भएका छन्। नेपाल भाषा पत्रकारिता क्षेत्रमा विशेष योगदान दिएको पत्रकारलाई प्रत्येक वर्ष वितरण गरिने यो पुरस्कारबाट यो वर्ष नरेशवीर पुरस्कृत गरेका हुन्।

उनलाई शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच शताब्दी पुरुष सत्यमोहन जोशीले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरे। नेवाः प्रेस दवू केन्द्रीय समिति ललितपुरको आयोजनामा भएको कार्यक्रममा जोशीले नरेशवीरलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गरेका हुन्।

कार्यक्रममा नेपाल भाषाको क्षेत्रमा कार्यरत काठमाडौं, ललितपुर र भक्तपुरका एक एकजना गरी तीन जनालाई पनि सम्मान गरिएको छ। प्रत्येक वर्ष गरिंदै आएको उक्त सम्मान अन्तर्गत यस वर्ष काठमाडौंबाट नेपाल भाषाका लोकगायक जगमोहन बामी, ललितपुरबाट साहित्यकार अपर्णा प्रधान र भक्तपुरबाट वरिष्ठ साहित्यकार तिलकप्रकाश कायष्ठलाई सम्मान गरियो।

कार्यक्रममा प्रमुख अतिथि जोशीलाई पनि सम्मान गरिएको थियो। आयोजक पत्रकार दवूका अध्यक्ष नरेन्द्र श्रेष्ठ एवं पुरस्कारका दाता मोतीलाल शिल्पकारले प्रमुख अतिथि जोशीलाई दोसल्ला तथा प्रमाणपत्र वितरण गरी सम्मान गरेका थिए।

कार्यक्रममा जोशीले मातृभाषालाई जोगाउनु चुनौतीपूर्ण हुन थालेको भन्दै चिन्ता व्यक्त गरे। २०६८ सालको जनगणणामा नेपाल भाषा बोल्न छाड्नेहरुको ३५ प्रतिशत देखिएको भन्दै २०७८ सालमा पनि त्यो भन्दा वढी हुन जाने निश्चित जस्तै भएकाले यसप्रति राज्यको पनि ध्यान जानुपर्ने बताए। कार्यक्रममा मोती पत्रकारिताबाट पुरस्कृत नरेशवीरले नेपाल भाषाको पत्रकारिताको विकासमा विशेष जोड दिए।

प्रकाशित: १८ माघ २०७६ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App