७ आश्विन २०८१ सोमबार
image/svg+xml

एसपी खत्रीलाई 'प्रदेश २ को उत्कृष्ट प्रहरी अवार्ड'

रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी एसपी खत्रीले सम्हालेपछि जिल्लाको शान्ति सुरक्षामा व्यापक सुधार आएकाे जील्लामा चर्चा हुने गरेको छ।

एसपी चतुर्वेदी पुरस्कृत

नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले शुक्रबार सिरहामा कार्यरत प्रहरी उपरीक्षक(एसपी) उमाप्रसाद चतुर्वेदीलाई पुरस्कृत गरेको छ।

उपन्यासकार पुरस्कृत

प्रेममोहन सिरपाः गुठीले उपन्यासकार मल्ल के. सुन्दरलाई प्रेम–मोहन सिरपाः बाट पुरस्कृत गरेको छ। राजधानीमा बुधबार आयोजना गरिएको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उपन्यासकार मल्ललाई उनको उपन्यास ‘द पोष्टर’ का लागि ५० हजार रुपैयाँसहितको सिरपाः (पुरस्कार) प्रदान गरेका थिए।

दिवसमा पुरस्कृत तथा सम्मान

ताप्लेजुङमा शिक्षक, विद्यार्थी र निवृत/निवृतउन्मुख शिक्षकलाई एकसाथ पुरस्कृत तथा सम्मान गरिएको छ। फुङ्लिङ नगरपालिकाले आइतबार पुरस्कृत तथा सम्मान गरेको हो।

उत्कृष्ट गाईजात्रे पुरस्कृत

गाईजात्राको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिनेहरूलाई पुरस्कृत गरिएको छ। आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा गाईजात्राको अवसरमा उत्कृष्ट प्रस्तुति दिनेलाई पुरस्कृत गरिएको थियो।

नागरिकर्मीसहित ६ जना पुरस्कृत

खोटाङबाट प्रकाशित ‘तुवाचुङ साप्ताहिक पत्रिका’ले पहिलो वार्षिकोत्सवमा पत्रकारिता, समाजसेवा, खेलकुद र साहित्य पुरस्कार प्रदान गरेको छ । सो पत्रिकाले जनही १५ हजार राशिको तुवाचुङ पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार दमन राई, कान्तिपुर टिभीका पत्रकार उत्तम चौंलागाई र नयाँ पत्रिका दैनिकका पत्रकार केदार मगरलाई प्रदान गरेको छ

भानु जयन्ती ४२ स्रष्टा पुरस्कृत

भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४२ जना स्रष्टाहरूलाई पुरस्कार वितरण गरेका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय र प्रादेशिक पुरस्कारहरूबाट स्रष्टाहरूलाई पुरस्कृत गरेका थिए। कार्यक्रममा महाकवि देवकोटा पुरस्कारअन्तर्गत कवितामा विश्वविमोहन श्रेष्ठ, निबन्धमा देवीप्रसाद सुवेदी, आख्यानमा नयनराज पाण्डे, बाल–साहित्यमा जीवेन्द्रदेव गिरी र भाषामा रोचक घिमिरे पुरस्कृत भएका थिए। भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार विधा अन्र्तगत दलित मुक्ति आन्दोलनको क्षेत्रमा रणेन्द्र बराली, समाज सुधारक भद्रमान घले र कला लेखन तथा अनुसन्धानतर्फ रमेशरञ्जन झा पुरस्कृत भए।

नागरिकर्मी लम्साल र अधिकारी पुरस्कृत

‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट नागरिककर्मी हिमाल लम्साल र खगेन्द्र अधिकारीसहित १० पत्रकार पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति र केन्द्रीय बालकल्याण समितिले उनीहरुलाई पुरस्कृत गरेको हो।

चौरीपालक कृषक पुरस्कृत

सोलुदूधकुण्ड नगरपालिकाले चौरीपालक किसानलाई पुरस्कृत गरेको छ। नगर क्षेत्रमा चौरीपालन गर्दै आएका कृषकको मूल्यांकनका आधारमा पुरस्कृत गरिएको हो।

हुन्डार्ई फेस्टिभ डिलाइटका विजयीे पुरस्कृत

नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७५ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ।

उत्कृष्ट उपभोक्ता समिति पुरस्कृत

खुम्बुपासाङल्हामु गाउँपालिकाले उत्कृष्ट उपभोक्ता समितिलाई ५० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ।

सिद्धिचरणको १०८औं जन्मजयन्तीमा स्रष्टा पुरस्कृत

युगकवि सिद्धिचरण श्रेष्ठको १०८औं जन्मजयन्तीका अवसरमा ओखलढुंगामा तीनजना साहित्यकार तथा लेखक पुरस्कृत भएका छन्। सदरमुकाम ओखलढुंगामा सिद्धिचरणको पूर्ण कदको सालिक तथा स्रष्टापार्क उद्घाटन कार्यक्रमको अवसरमा सिद्धिचरणको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको हो।

प्रेस युनियन बेलायतले दुई पत्रकारलाई पुरस्कृत गर्ने

नेपाल प्रेस युनियन बेलायतले आगामी वर्षदेखि दुई जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। युनियनका नवनिर्वाचित अध्यक्ष विपिन निरौलाको अध्यक्ष्यतामा आइतबार लण्डनमा सम्पन्न कार्यसमिति बैठकले सो निर्णय गरेको हो।

नागरिककर्मी महर्जन पुरस्कृत

नागरिककर्मी राकेश महर्जनले आफ्नो शोधको निम्ति सत्यहेरा अनुसन्धान सिरपाः (पुरस्कार) प्राप्त गरेको छ।‘भृकुटी उपन्यासमा ऐतिहासिक तत्व’ शीर्षकको शोधको निम्ति यस वर्ष (नेसं ११३९)को सो पुरस्कार महर्जनले जितेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्