७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

उत्कृष्ट चार उद्योग पुरस्कृत

खोटाङ- खोटाङका उत्कृष्ट चार उद्योग पुरस्कृत भएका छन्। पाँचौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालयले सोमबार दिक्तेलको सिद्धलक्ष्मी बेकरी उद्योग, दिक्तेलकै हलेसी भेनियर उद्योग, नेर्पाको सनिम राडिपाखी उद्योग र दिक्तेलकै दिक्तेल सःमिललाई पुरस्कृत गरेको हो।

घरेलु तथा साना उद्योग कार्यालयबाट प्रदान गरिएको प्रविधि, ज्ञान र सिपबाट सफलतापुर्वक सञ्चालन भइरहेका उद्योगलाई छनौट गरेर पुरस्कृत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका नासु दिनेश राईले बताए। उत्कृष्ट उद्योगका सञ्चालकलाई प्रोत्साहन स्वरुप दोसल्ला ओढाएर नगद ३÷३ हजारका साथमा कदरपत्र प्रदान गरिएको छ।

उत्कृष्ट उद्योगीलाई जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: ९ मंसिर २०७६ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App