७ आश्विन २०८१ सोमबार
image/svg+xml

खोटाङमा दुई प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालयले दुई प्रहरी जवानलाई पुरस्कार प्रदान गरेको छ। अपराध न्यूनीकरण एवं सामाजिक सचेतनामा उल्लेखनीय योगदान पु-याएको भन्दै प्रहरी जवानद्वय कुमार भुजेल र सजिना भारतीलाई नगद पुरस्कारले सम्मान गरिएको हो।

साहित्यकार बन्धु पुरस्कृत

साहित्यकार डा. चुडामणि बन्धु ‘तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार’बाट पुरस्कृत भएका छन्। राजधानीमा हालै आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले उनलाई पुरस्कृत गरेका हुन्।

उत्कृष्ट प्रहरी पुरस्कृत

महानगरी प्रहरी परिसर काठमाडौंले उत्कृष्ट जवानदेखि प्रहरी नायव उपरीक्षक (डीएसपी)सम्मलाई पुरस्कृत गरेको छ।  बंगलादेश बैकसंगको सम्झौतामा स्थापना गरिएको ‘काठमाडौं पुलिस अवार्ड’बाट असार महिनामा उत्कृष्ट काम गर्ने १२ जनालाई पुरस्कृत गरिएको हो।

आइक्यानद्वारा सिटिजन्स पुरस्कृत

द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपालले (आइक्यान) सिटिजन्स बैंकलाई पुरस्कृत गरेको छ । बैंकिङ क्षेत्रमा राम्रो वार्षिक प्रतिवेदन बुझाए बापत संस्थाले सिटिजन्सलाई बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०१७ द्वारा पुरस्कृत गरेको हो।

नागरिकर्मी चापागाईंसहित ३ पत्रकार पुरस्कृत

नागरिककर्मी भीम चापागाईंसहित ३ पत्रकार बुधबार पुरस्कृत भएका छन्। विराटनगरस्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आफ्नो सातौं स्थापना दिवसको अवसरमा उनीहरूलाई पुरस्कृत गरेको हो।

नागरिककर्मी रोक्का र रायमाझी पुरस्कृत

नागरिककर्मी दिपेन्द्र रोक्का र प्रतिक रायमाझी पुरस्कृत भएका छन्। फोटो पत्रकार क्लबद्वारा विहीबार आयोजित छैठौं संस्करणको ‘नेपाल फोटो कन्टेस्ट २०७५’ मा रोक्का र रायमाझी पुरस्कृत भएका हुन्। प्रतियोगितामा रोक्का नेपाल स्माइल्सतर्फ पहिलो भए भने रायमाझीले एक्सन स्पोर्टस विधामा पहिलो स्थान हात पारे। दुबैले ३०/३० हजार पुरस्कार पाए।

नागरिककर्मी लामिछाने पुरस्कृत

बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछानेलाई प्रदान गरिएको छ।

इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत

यसवर्ष इच्छुक स्मृति पुरस्कारबाट चितवनका कवि मोदनाथ मरठ्ठा र काठमाडौँ, चाल्नाखेलका कवि विनोदविक्रम केसी पुरस्कृत भएका छन्।

पत्रकार चौलागाईं पुरस्कृत

खोटाङका पत्रकार उत्तम चौलागाईं उत्कृष्ट उद्योग वाणिज्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट जिल्लाको व्यापार, व्यवसाय एवं विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उद्योग वाणिज्य संघ खोटाङले पत्रकार चौलागाईंलाई पुरस्कृत गरेको हो।

हुन्डाईका विजेता पुरस्कृत

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेतालाई पुरस्कार वितरण गरेको छ। हुन्डाईले दसैं, तिहारको उपलक्ष्यमा उक्त योजना ल्याएको थियो।

पत्रकार घर्तीमगर र भण्डारी पुरस्कृत

बागलुङमा स्थापित हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत भएका छन्।

सोलुखुम्बुका २८ कृषक पुरस्कृत

कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन् । थुलुङ–दूधकोसी गाउँपालिका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनीमा सात विधामा २८ जना कृषक पुरस्कृत भएका हुन्।

कृषि मेलामा २८ कृषक पुरस्कृत

कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन्। थुलुङ–दुधकोसी गाउँपालीका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनी प्रदर्शनीमा ७ विधामा २८ जना कृषक पुरस्कृत भएका हुन्।

खिचरा महोत्सव सम्पन्न, पाँच पत्रकार पुरस्कृत

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित पुस २८ देखि चितवनको खैरहनीमा शुरु भएको पाँचौँ खिचरा माघी महोत्सव सोमबार समापन भएको छ ।

चार सफल उद्यमी पुरस्कृत

उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग विकास समिति खोटाङले चार उद्यमी पुरस्कृत गरेको छ् । जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र व्यवसायीकरणमा योगदान पु¥याएकोमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्