८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

खुकुरी रम बेलायतमा पुरस्कृत

नेपाल डिस्टिलरिज प्रालिद्वारा उत्पादित नेपाली रम खुकुरी थ्री एक्सले बेलायतमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताको रम समूहमा स्वर्ण पदक जितेको कम्पनीले जनाएको छ ।  खुकुरी रमले यसअघि अन्तर्राष्ट्रिय रम उत्सवमा पनि पुरस्कार जितेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।  

लन्डन स्पिरिट्स प्रतियोगिता गत जुलाई ६ मा लन्डनमा भएको थियो । सो प्रतियोगितामा खुकुरीले स्वर्ण पदक पाएको हो । प्रतियोगिता अन्तर्गतका तीन विधा–गुणस्तर, गुणवत्ता र प्याकेजिङमा मदिरा उद्योगका ख्यातिप्राप्त दक्ष निर्णायकहरूले अन्य उच्च कोटीका प्रतिस्पर्धी रमको दाँजोमा खुकुरीलाई सयमा ९४ अंक दिएका थिए ।  

‘नेपाल डिस्टिलरिजले सन् १९५९ देखि नै आफ्नो सम्पदालाई कडा गुणवत्ता नीतिका साथ बहन गर्दैै आएको छ, र अहिले यो तेस्रो पुस्तामा आइपुगेको छ । यो मजबुत जगले हामीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन अग्रसर गराएको छ । हामी नेपालमा बनेको वास्तविक नेपाली ब्रान्डको रूपमा यो पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्त गौरवान्वित छौं,’ नेपाल डिस्टिलरिजका कार्यकारी प्रमुख कृष्णकुमार चुरिवालाले भने ।  खुकुरी रम बेलायत, अमेरिका लगायत १३ मुलुकमा निर्यात हुँदै आएको कम्पनीको विज्ञप्तिमा छ ।

प्रकाशित: २ भाद्र २०७७ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App