कामना बैंकका ग्राहकलाई दराजमा छुट
दराजको ११.११ छुट योजना आगामी कात्तिक २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ।
दराजको ११.११ छुट योजना आगामी कात्तिक २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ।
कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा सुमन दाहाल मनोनयन भएका छन्। नेपाल सरकारको निर्णयानुसार सदस्यमा दाहाल नियुक्त भएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन्।
भेटेनरी अस्पताल भवनको शिलान्यास गर्दै गृहमन्त्री बालकृष्ण खाँणले कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि कृषि सम्बन्धी पूर्वाधार निर्माणमा जोड दिनु पर्ने बताए। सियारीमा निर्माण हुने भेटेनरी अस्पतालले पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्ने र रु २२.५० लाख सम्मको बीमा सुविधा दिने 'मुक्तिनाथ उत्कृष्ट मुद्धती' योजना सञ्चालनमा ल्याएको हाे।
महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।
कामना सेवा विकास बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरूलाई डिजिटल भुक्तानीका लागि प्रेरित गर्न मर्चेण्ट बोनस योजना ल्याएको छ।
मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलले दिने विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ।
ज्योती विकास बैंकले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले सञ्चालक समितिका सदस्य, भूतपूर्व सञ्चालकहरू, कर्मचारी र ग्राहकहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो।
मुक्तिनाथ विकास बैंकले आव २०७७/०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार प्राप्त गरेको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ।
कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सेवा पुर्याउने उद्देश्यका साथ मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ।
महालक्ष्मी विकास बैंकले विद्यालयमा खानेपानी व्यवस्थापन गरेको छ।
कामना विकास बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्दती योजना सार्वजनिक गरेको छ।