coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंकको 'मुक्तिनाथ उत्कृष्ट मुद्धती योजना' सार्वजनिक

मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ उत्कृष्ट मुद्धती' योजना सार्वजनिक गरेको छ। मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख रुपैयाँसम्मको बीमा सुविधा दिने 'मुक्तिनाथ उत्कृष्ट मुद्धती' योजना सञ्चालनमा ल्याएको हाे।

यस योजना अन्तर्गत व्यक्तिगत मुद्धती खातामा न्यूनतम ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने ग्राहकले आफ्नो लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, दुई लाख रुपैयाँको घातक रोग बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्।

यस योजना अन्तर्गत  ग्राहकहरुले १ वर्षदेखि २ वर्षसम्मको मुद्धती खाता खोल्न सक्नेछन् र जति अवधिको मुद्धती खाता खोल्छन त्यतिनै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ। साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्डको प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

प्रकाशित: १६ भाद्र २०७९ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App