१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

महालक्ष्मी र रिगल रिसोर्टबिच सम्झौता

महालक्ष्मी विकास बैंक र हेटौंडास्थित रिगल हेटौंडा रिसोर्टबिच सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

ज्योती बैंकका ग्रहकलाई अन्नपूर्ण केबलकारमा छुट

ज्योती विकास बैंकले अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ। सम्झौताअनुसार पोखरास्थित फेवातालकिनार र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकार टिकटमा बैंकका ग्राहकलाई १० प्रतिशत छुट हुने व्यवस्था रहेको छ।

कृषि विकास बैंक र क्यान्सर अस्पताल बीच सम्झौता

वीपी कोइराला क्यान्सर अस्पताल र कृषि विकास बैंक बीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो।

कमल गाउँपालिकामा कामना विकास बैंकको बैंकिङ सेवा

कामना सेवा विकास बैंकले सेवा विस्तार गर्ने क्रममा बुधबारबाट झापा जिल्लाको कमल गाउँपालिका वडा ७ गेउरियामा १३ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

ज्योति बैंकको जहरसिंपौवामा विस्तारित काउन्टर

ज्योति विकास बैंकले साँखु शाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ। बैंकले सञ्जाल थप सुदृढ गर्ने क्रममा काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको बताएको छ।

डिजिटल बैकिङका लागि भर्चुअल कार्यक्रम

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ र त्यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले भचुर्अल कक्षा सम्पन्न गरेको छ। बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको छ।

बैंकका ग्राहकलाई केवलकारमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई पोखरा अन्नपूर्ण केवलकारको सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

बैंकका ग्राहकलाई वेलनेस रिट्रिटमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन मेराकी होलिस्टिक वेलनेस रिट्रिटसँग सम्झौता गरेको छ।

उद्यमशीलता विकास कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा अन्तर प्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको उद्देश्यका साथ उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको छ।

शाखारहित बैंकिङ सेवा सञ्चालन

बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालन गरेको बताए।

ऋणपत्र जारी गर्न सम्झौतामा हस्ताक्षर

लुम्बिनी विकास बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई एलबिबिएल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

पोखरेल फेरि सिइओ

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए। उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ।

लुम्बिनी बैंकको दुई शाखा विस्तार

काठमाडौंको कंलकीको शाखा ८० औं र नुवाकोटको शाखा ८१ औं रहेको बैंकले जनायो। यस विकास बैंकको कलंकी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका हुन।

डेन्टलप्रोमा २० प्रतिशत छुट

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले बालाजुमा रहेको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकबाट विभिन्न सुविधाहरूअन्तर्गत विशेष छुट प्राप्त गर्न सक्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्