१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा एघारौं शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ। बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालन गरेको बताए।

बैंकले जेठ १० गतेबाट नवलपरासी जिल्लाको कावासोती नपा– ११ मा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। बैकले स्थानीय गुरौ किराना पसलका हेमराज गुरौलाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ।

यस एपबाट शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू बैँकले प्रदान गरेको छ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।

प्रकाशित: १२ जेष्ठ २०७९ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App