७ वैशाख २०८१ शुक्रबार
अर्थ

डेन्टलप्रोमा २० प्रतिशत छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसाडेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन काठमाडौंको बालाजुस्थित डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकसँग विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले बालाजुमा रहेको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकबाट विभिन्न सुविधाहरूअन्तर्गत विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सक्ने व्यवस्था गरेको छ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स लगायतका सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित: १९ वैशाख २०७९ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App