२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कृषि विकास बैंक र क्यान्सर अस्पताल बीच सम्झौता

वीपी कोइराला क्यान्सर अस्पताल र कृषि विकास बैंक बीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो। ‘तपाई हाम्रो घर आँगनको बैंक’ भन्ने नाराका साथ बैंकले क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको हो।

बैंकका प्रदेश कार्यालय निर्देशक रधुनाथ न्यौपाने र अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। विगत ५ वर्षदेखि एक्सटेन्सन काउन्टरसहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल सम्झौताको म्याद समाप्त भएकाले पुनः सम्झौता गरेको बैंकले जनाएको छ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष निर्मल लामिछानेले बैंकले अस्पतालको हाता भित्र सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै नगदरहित सेवा प्रवाहको अपेक्षा गरेको बताइन्। बैंकका प्रदेश कार्यालय विरेन्द्रनगरका निर्देशक रधुनाथ न्यौपानेले नगद जम्मा, नगद भुक्तानी, चेक माग, बैंक खाता खोल्ने लगायतका सेवाहरू क्रेडिट कार्ड तथा विद्युतीय भुक्तानीका सेवा उपयोग गर्न अनुरोध गरेका छन्।

यस सम्झौता पश्चात् बैंकको एक्सटेन्सन काउन्टर मार्फत सो क्षेत्रमा ग्राहकले नगद जम्मा, नगद भुक्तानी, चेक माग लगायतका सेवा प्राप्त गर्न सक्नेछन् भने अस्पतालका कर्मचारीहरूले निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्न सक्नेछन्। 

प्रकाशित: २७ जेष्ठ २०७९ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App