१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

कामना बैंकका ग्राहकलाई दराजमा छुट

कामना सेवा विकास बैंक र अनलाइन बजार दराज बीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।  

दराजको ११.११ छुट योजना आगामी कात्तिक २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ।  

योजना अन्तर्गत बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रीम भुक्तानीमा अधिकतम १५ प्रतिशतसम्म र क्रेडिट कार्ड मार्फत अग्रीम भुक्तानीमा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । उक्त छुट प्राप्त गर्न ग्राहकले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ। छुट सीमित अवधिको लागि मात्र हुने बैंकले जनाएको छ। 

प्रकाशित: १८ कार्तिक २०७९ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App