१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्मार्ट च्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंक लिमिटेडको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरूप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्ट च्वाइस टेक्नोलोजिज र मुक्तिनाथ बैंकको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने आशा कम्पनीले लिएको छ। 

प्रकाशित: १ श्रावण २०७९ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App