९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन

महालक्ष्मी विकास बैंकले विद्यालयमा खानेपानी व्यवस्थापन गरेको छ। बैंकको भक्तपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चाँगुनारायण नगरपालिका ६ नगरकोट वेशीटोलस्थित श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो।

भक्तपुर शाखाका शाखा प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गरेका हुन्। यसप्रकारको सहयोगले उक्तविद्यालयमा रहेका बालबालिकाहरूलाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरूको सरसफाइमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।  

प्रकाशित: १७ असार २०७९ ०६:५५ शुक्रबार

महालक्ष्मी विकास बैंक विद्यालयमा खानेपानी व्यवस्थापन