५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

कामना बैंकद्वारा १५ औं शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना विकास बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

बैंकले सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा न ७ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। कावासोती नगरपालिका ७ का वडा अध्यक्ष गोविन्दप्रसाद महतोले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन्। भीमा भुर्तेललाई उक्त शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको  जनाएको छ।

शाखारहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिने बैंकले जनाएको छ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।

प्रकाशित: ६ असार २०७९ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App