२० आश्विन २०८१ आइतबार
image/svg+xml

भूकम्प पीडित लगत संकलनका लागि म्याद थपियो

भूकम्प पीडितलाई पुन:र्निर्माणका लागि छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको कार्य असार १५ गतेसम्म हुने भएको छ।

विद्युत् पहुँचमा प्रदेशबीच फराकिलो अन्तर

पछिल्लो समय विश्वभर विकास निर्माण र सेवा, सुविधामा समन्यायको अवधारणा अवलम्बन गर्ने क्रम बढे पनि नेपालमा भने ठीक उल्टो देखिएको छ। खासगरी विद्युत् सेवा उपयोगको दृष्टिकोणले जुन प्रदेश सबभन्दा बढी धनी छ, तिनै प्रदेशमा बस्ने ठूलो संख्याका बासिन्दा विद्युत् उपयोगबाट वञ्चित रहेको अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

प्रतिव्यक्ति आय बढ्यो, गरिबी घट्यो

उनले उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण प्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रुपमा घट्दै गएको बताए। सर्वेक्षणमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतमा झरेको उल्लेख गरिएको छ।

सगरमाथाको उचाइ नापेर फर्केको टोलीलाई सरकारको स्वागत

मन्त्री अर्यालले सगरमाथाको उचाईको सर्वेक्षण पहिलो पटक नेपाल आफैले गरेको र त्यसको बास्तबिक उचाई टोलीले ल्याएको सर्वेक्षणलाई आवश्यक अनुसन्धान गरेर ६ महिनाभित्र सार्वजनिक गर्ने तयारी गरिएको पनि बताइन।

‘नेपालमा नौ लाख युवा बेरोजगार’

मुलुकमा नौ लाख युवामात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये नौ लाख आठ हजार व्यक्ति बेरोजगार रहेको देखाएको छ।

केन्द्रीय तथ्यांक विभागले आन्तरिक पर्यटक उपभोग सर्वेक्षण गर्ने

केन्द्रीय तथ्यांक विभागले आन्तरिक पर्यटक उपभोग सर्वेक्षण गर्ने भएको छ। विभागले चार करोड रुपैयाँ खर्चेर नयाँ सर्वेक्षण गर्न लागेको विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए।

भ्रष्टचारबाट कहिले झर्ने ?

ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकांक २०१८ सार्वजनिक गरेको छ। सार्वजनिक सूचकांकअनुसार सर्वेक्षणमा समेटिएका १८० मुलुकमध्ये नेपाल १२४औँ स्थानमा परेको छ। यसवर्ष नेपालले कुल ३१ अंक प्राप्त गरेको छ। अघिल्लो वर्ष सर्वेक्षणमा समेटिएका १८० मुलुकमध्ये नेपाल १२२औँ स्थानमा थियो भने सो वर्ष पनि नेपालले कुल ३१ अंक नै प्राप्त गरेको थियो।

आर्थिक सर्वेक्षण : देशको सार्वजनिक ऋण कति ?

आर्थिक सर्वेक्षण २०७४/०७५ अनुसार देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको छ। जुन कुल ग्राहस्थ उत्पादनको २८.० प्रतिशत हुन आउँछ। यसमध्ये वैदेशिक ऋणको अंश ५३.९ प्रतिशत रहेको छ। आर्थिक वर्षको प्रथम ८ महिनामा १ खर्ब ४ अर्ब ५५ करोड आन्तरिक ऋण परिचालन भएको सर्वेक्षणले देखाएको छ।

सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.९ प्रतिशत वृद्धिको अपेक्षा

अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ अाइतबार सदनमा पेश गरेका छन्।

अनुमतिबिना नै राष्ट्रसंघले गर्‍याे राजनीतिक सर्वेक्षण

संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग अनुमति नलिई संघीयता, पहिचान, जातीयताजस्ता राजनीतिसँग प्रत्यक्ष जोडिने अतिसंवेदनशील विषयमा विस्तृत अनुसन्धान गरिरहेको खुलेको छ। राष्ट्रसंघको नेपालस्थित कार्यालयले ‘प्रोसपेक्टिभ पोलिटिकल सिनारियो एनालाइसिस एक्ससाइज इन नेपाल’ (नेपालमा सम्भावित राजनीतिक परिदृश्यको विश्लेषण) शीर्षकमा अनुसन्धान गरिरहेको पाइएको हो।

आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ। केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ। यसका लागि विभागले ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने जनाएको छ।

नागार्जुनमा घरधुरी सर्वेक्षण सुरु

नागार्जुन नगरपालिकाले वडागत घरधुरी सर्वेक्षण सुरु गरेको छ ।नगरपालिकासँग आफ्नै क्षेत्रको यकिन तथ्यांक नभएकाले सर्वेक्षण सुरु गरिएको जनाएको छ । वडा नम्बर ८ बाट सर्वेक्षण सुरु गरिएको वडाध्यक्ष शुक्रबहादुर तामाङले बताए । प्रकृति रिसोर्सेस सेन्टरको प्राविधिक सहयोगमा सर्वेक्षण सुरु भएको हो ।

भूकम्प प्रभावित गुम्बाको सर्वेक्षण सुरु

सरकारले २०७२ वैशाख १२ को भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारको सर्वेक्षण सुरु गरेको छ । सर्वेक्षणका लागि बिहीबारबाट भूकम्प प्रभावित ३१ जिल्लामा इन्जिनियर परिचालन गरिएको छ ।

३० महिनापछि बल्ल सर्वेक्षण गर्ने तयारी

सरकारले भूकम्प गएको ३० महिनापछि बल्ल भूकम्पबाट क्षतिग्रस्त गुम्बा तथा बिहारको सर्वेक्षण गर्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपिआइयू)ले भूकम्प प्रभावित ३१ जिल्लाका गुम्बा÷बिहारको क्षति मूल्यांकन सर्वेक्षण गर्ने तयारी गरेको हो।

खोटाङका ३५ गाविसमा पुनर्निर्माण सर्वेक्षण

खोटाङका ३५ गाविसमा भूकम्पपछिको पुनर्निर्माणका लागि सर्वेक्षण सकिएको छ। एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका र ३५ गाविसका भूकम्पपीडितको नामावली संकलन, प्रमाणीकरणलगायतको काम सकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्