१० मंसिर २०८१ सोमबार
image/svg+xml

किसानलाई अलैंची भित्र्याउने चटारो

अलैंची पाक्ने सिजन सुरु भएसँगै खोटाङका किसानको व्यस्तता बढेको छ। बेंसी क्षेत्रमा लगाइएको अलैंची अलि चाँडो पाक्ने भएकाले साउनदेखि नै किसानलाई दाना टिप्ने चटारो सुरु भएको हो। जिल्लामा अलैंचीको पाकेको दाना टिप्ने क्रम सरदर हरेक साउनदेखि कात्तिक–मंसिरसम्म रहने अलैंची व्यवसायी संघ खोटाङका अध्यक्ष बीरबहादुर तामाङले बताए।

दुई दिने साना किसान सम्मेलन हुने

सम्मेलनमा मुलुकभरका करिब एक हजार साना किसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता लगायत करिब १२ सयको सहभागिता रहने आयोजकले जनाएको छ।

मन्त्रिपरिषदका निर्णय : किसानको ऋण मिनाहादेखि भारतीय रुपैयाँ प्रतिबन्धसम्म

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका हुन। सार्वजनिक निर्णयहरुमा साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायत रहेका छन्।

किसानको बगैंचामै पुगेर चिनियाँ वैज्ञानिकले सल्लाह दिए

व्यावसायिक जुनार खेतीमा प्रमुख समस्या बनेको चाइनिज सिट्रस फ्लाई–ब्याक्ट्रोसेरा मिन्याक्स (फल कुहाउने औंसा पार्ने झिँगा) लाई फैलन नदिन सिन्धुलीमा भइरहेको प्रयासको चिनियाँ वैज्ञानिकले प्रशंसा गरेका छन्।

किसानको प्रश्न : उखुको भुक्तानी कहिले पाउँछौं ?

जिल्लाको दक्षिणी क्षेत्र स्थित विष्णु गाउँपालिका निवासी अजित सिंहलाई दुई दिनयता निकै छटपटी भएको छ। गत शनिबार साँझ प्रकाशित एसइई–२०७४ को परिणाममा छोराले राम्रो नतिजा निकाले पनि उनी भरपुर खुसी हुन सकेका छैनन्।

किसानको भुक्तानी नदिने चिनी उद्योगी पक्रिने सरकारकाे तयारी

उखु क्रसिङ सकिएको तीन महिना भैसक्दा पनि किसानलाई उधारो उखुको बक्यौता भुक्तानी नदिएपछि सरकारले चिनी मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्ने तयारी गरेको छ।

बजेटको बहानामा उखु किसानको भुक्तानी बन्द

जिल्लास्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानको भुक्तानी बन्द गरेको छ । आर्थिक वर्ष ०७५÷७६ का लागि सरकारले घोषणा गरेको बजेटबाट परेको असरबारे अध्ययन भइरहेकाले भुक्तानी रोक्नुपरेको भन्दै बुधबार उद्योगले सूचना प्रकाशित गरेको हो।

असिना पानीले लुट्यो किसानको खुसी

हावाहुरीसँगै परेको असिना पानीले किसानले लगाएका धान र तरकारी बाली नष्ट गरेको छ। जिल्लाको गजुरी गाउँपालिका वडा नं ७ र ८ का विभिन्न ठाउँमा बाली सखाप बनाएको छ।

किसानको बजेटमा परामर्शदाताको रजाईँ

कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउनको लागि दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवाको नाममा अर्बौं रुपैयाँ अपव्यय गरिएको छ । किसानका नाममा आएका परियोजनामा परामर्शदाताले रजाइँ गरेका छन्।

किसानको पसिनामा बिचौलियाको रजाई

एक किलो फूल गोभीको २० रुपैयाँ त्यो पनि व्यापारीले रोजे जस्तो भएमात्र। दशरथचन्द नगरपालिका–४, जर्गका देवानन्द पाण्डेय उत्पादन गरेको तरकारी डोकोमा बोकेर गोठालापानी पुर्‍याउछन्। व्यापारीले भनेको दरमै दिनुपर्ने उनको बाध्यता छ। तरकारी व्यापारीलाई बिन्ती गर्दा बल्लतल्ल आफ्नो रोजेको भाउमा राख्ने गर्छन्।

किसानको ‘जल’ सपना : नहर छ, पानी छैन

पश्चिमको ग्रामीण क्षेत्र बन्दिपुरका मुक्तिलाल सिंह (५५) लाई प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन। कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ त्यो हो– कमला नदीको जल। जल अर्थात कमला नदीको पानी खेतसम्म पुग्नेगरि भरपर्दो सिँचाईको व्यवस्था।

पिबिएस आलु उत्पादनमा किसानको सक्रियता

१० वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट २५ दाना पूर्व मूल बीउ (प्रि बेसिक सिड–पिबिएस) आलु पाउँदा कम्ती खुसी थिएनन्, पनौती–३, कुुशादेबी, बन्चरेटारका कृषकद्वय शशी अधिकारी र राजेन्द्र थापा। पहिलोपटक सरकारी सहयोगका रुपमा पाएको पिबिएस आलुका दानामा भविष्य देखेका उनीहरु त्यसलगत्तै आलु बीउ उत्पादनमै तल्लीन हुन थाले।

किसानको चिन्ता : मकैमा दाना लागेन, उखुको पैसा पाइएन

रौतहटको उत्तरी क्षेत्रका किसान मकैको घोघामा दाना नलागेर चिन्तित देखिएका छन् भने दक्षिणी रौतहटका किसानको उखु खेती राम्ररी सप्रेर बाली बेच्दासमेत रकम हात नपरेपछि चिन्तित देखिएका छन्।

मौरी घारले सजियो किसानको घर

तीनतले पक्की घर, घरको बरन्डाभरी मौरीको घार नै घार । सडकबाट झलक्क हेर्दा सजावटका लागि राखेजस्तो देखिने धादिङबेसीको यो घर नारायण घिमिरेको हो । घरको बरण्डामा लहरै मिलाएर काठको बक्साभरी मौरीका घार राखिएका छन् ।

कृत्रिम गर्भाधान अभियानले किसानको आर्थिकस्तर सुध्रदै

जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दुध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ।  आर्थिक वर्ष २०७३–७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२–७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्