२६ वैशाख २०८१ बुधबार
image/svg+xml

बाजुरामा आगलागी, तीन घर जलेर नष्ट

बाजुराको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्।

भूकम्पले चिरिएको भवनमा तीन गुणा बढी कैदीबन्दी

बाजुरामा रहेको कारागारको भवन जीर्ण छ। भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रात कटाउन बाध्य छन्।

सेती लोकमार्ग द्रूत गतिमा निर्माण हुनुपर्ने माग

बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग द्रूत गतिमा निर्माण निर्माण गर्न माग गरेको छ। सभाले प्रदेश र सङ्घ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको हो।

बाजुरामा चामल खरिद र ढुवानी समयमै व्यवस्थापन गरिने

बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ।

बाजुरामा वर्षासँगै पुनः हिमपात

पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ।

नवलपरासीमा बस दुर्घटना: १७ जना घाइते, १ को अवस्था गम्भीर

उक्त बस नवलपरासीको सुनवल–४ स्थित गैरे पेट्रोल पम्प नजिकै अल्कत्रे डाँडामा ठोक्किएपछि १७ जना घाइते भएका छन्।

विमान कुर्दाकुर्दै सुत्केरीको ज्यान गयो

नेपालगन्ज जाने विमान कुर्दाकुर्दै हुम्लाकी एक सुत्केरीको बाजुराको कोल्टीमा ज्यान गएको छ।

जहाजकाे प्रतीक्षा गर्दागर्दै सुत्केरीले गुमाइन ज्यान

हुम्लामा नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको मृत्यु भएको छ।जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीय अंशु बुढाको मृत्यु भएको हो।

फर्काइयाे भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड रूपैयाँ

बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रूपैयाँ फिर्ता गरिएको छ।

सरकार, कहिलेसम्म बाटोमै बच्चा जन्माउने ?

संविधानमा लेखिएको हक उपलब्ध गराउन सबै सर्वसाधारणको पहुँच पुग्ने गरी स्वास्थ्य केन्द्रहरू स्थापना हुनुपर्छ। त्यस्ता स्वास्थ्य केन्द्रमा पर्याप्त जनशक्ति उपलब्ध हुनुपर्छ। स्वास्थ्य केन्द्रसम्म पुग्ने मार्ग सहज र सुगम हुनुपर्छ।

मौसम बदलीसँगै बढ्यो चिसो

आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ। यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्।

आह ! बुढीनन्दा तालै तालको पाटन

ती तालहरूको विशेषता आ–आफ्नै छ। कोही दानवका लागि महत्वको बोकेका छन्, कोही भगवानका लागि। त कोहीले मानवसँग पनि। पुग्नेहरू स्वर्गकै उपमाको संज्ञा दिन्छन्।

कृत्रिम अभाव देखाएर खाद्यान्नको मूल्य बढाउँछन् व्यापारी

बजारमा जेजति मूल्य भए पनि नकिनी सुखै छैन। जति मूल्य भन्यो ऋण निकालेरै भए पनि आफू र आफ्नो परिवारका लागि बजारकै खाद्यान्न, नुन, तेल, साबुन, दाल, तरकारीहरू किनेरै खाने गरेका छन्। बजारमा व्यापारीले मूल्य बढाए पनि घटाए पनि नियमित किनेरै खानुपर्ने अवस्था देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्