२० आश्विन २०८१ आइतबार
image/svg+xml

उपत्यकामा छ महिनामा ३५ पैदल यात्रुको मृत्यु

काठमाडौँ उपत्यकामा गएको साउन देखि पुससम्मको छ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा पैदल यात्रु ३५ सहित १ सय ५ जनाको मृत्यु भएको छ।

उपत्यकामा नेपाली प्रविधिका ट्राफिक बत्ती

राजधानीको बानेश्वर र महाराजगन्जमा नेपाली प्रविधिमा आधारित ट्राफिक बत्ती जडान सुरु भएको छ । सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाइमा यी स्थानमा ट्राफिक बत्ती जडान थालिएको हो । ट्राफिक बत्ती जडान अन्तिम चरणमा पुगेको छ।

उपत्यकामा किन गोरुले जोतिँदैन ?

नेवार समुदायको मूल थातथलो मानिने काठमाडौं उपत्यकामा गोरु नारेर जोत्ने गरिँदैन । परापूर्वकालदेखि नै यहाँका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी खेतीपाती गरिँदै आएको मानिन्छ । प्रविधिको विकाससँगै यहाँ केही वर्ष अघिदेखि ट्र्याक्टरले खेतबारी जोत्ने चलन पनि सुरु भयो । यसले यहाँका किसानलाई धेरै मद्दत पुर्‍याएको थियो ।

उपत्यकामा वर्षा

स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक/दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

उपत्यकामा खानेपानीको माग साढे ४१ करोड लिटर, आपूर्ति १० करोड लिटर

काठमाडौं उपत्यकामा हिउँदेयाम सुरुवात भएसँगै खानेपानीको चरम अभाव देखिएको छ। काठमाडौँ उपत्यकामा खानेपानीको माग र आपूर्तिबीच ठूलो खाडल भएकाले नै खानेपानीको अभाव देखिएको हो। काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिको जिम्मेवारी पाएको निकाय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्दा उपत्यकामा वर्षौंदेखि उपत्यकामा खानेपानीको अभाव सिर्जना हुदैँ आइराखेको छ।

उपत्यकामा संयुक्त आवास विकास गर्ने योजना

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका र बहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ ।

मेलम्चीको पानी चैतभित्रै उपत्यकामा आउने

मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो।

उपत्यकामा बन्दै छ भूमिगत बिजुलीको लाइन

विद्युत् प्राधिकरणले मुख्य सडकमा ११ केभी र चार सय भोल्टको विद्युतीय प्रणालीलाई भूमिगत रूपमा व्यवस्थापन गर्न लागेको हो । बिजुलीका तार युटिलिटी टनेलअन्तर्गत जमिनमुनि राखिने योजना छ । जसमा विशेष प्रकारको पाइपभित्र बिजुलीको तार राखिनेछ।

उपत्यकामा वायु प्रदूषण : इँटाभट्टा प्रमुख कारक

कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्छ झुलपोखरी । यो पोखरीवरपर थुप्रै इँटाभट्टा सञ्चालित छन् । बिहानदेखि बेलुकीसम्म भट्टाको चिम्नीबाट निरन्तर धुवाँको मुस्लो छुटिरहेको हुन्छ । कुनैले सेतो त कुनैले कालो धुवाँ फ्याँकिरहेका हुन्छन् । उपत्यकाको वायु मानव स्वास्थ्य प्रतिकूल बन्दै गएका बेला यी इँटाभट्टाले भने निर्धक्कसाथ हानिकारक धुवाँ फ्याँकेर प्रदूषण बढाइरहेका छन् ।

उपत्यकामा मात्रै दैनिक १५ दुर्घटना

बुधबार काठमाडौंको बत्तिसपुतलीमा पानीट्यांकरले ठक्कर दिँदा काठमाडौं धापासी बस्ने २७ बर्षीया बिमाकुमारी थापाको निधन भयो । गुल्मी मुसिकोटकी थापाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।

उपत्यकामा अझै पनि राणाकालीन ढल !

काठमाडौं महानगरपालिका वडा– २६ को वडाध्यक्षभएदेखि नै ख्यामराजतिवारीलाई ठमेलवासीको सदावहार गुनासो आउने गर्छ–ढल फुट्यो बनाइदिनुपर्यो । दुई दशकपछि जनप्रतिनिधिपाएका सर्वसाधारण उनलाई बिहानदेखि रातिसम्मढल फुटेको गुनासो गरिरहेका हुन्छन् । ‘कहिलेकाहीँ त ढल जामभयो भनेर राति सुतिरहेकाबेलाफोन गर्छन्,’ उनले भने, ‘हामीमन्त्री, सांसदजस्तो नभएकाले सान्त्वनादिनभएपनि राति नै दौडनुपर्छ ।’

उपत्यकामा सुरक्षा बढाइयो

निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ। निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुनसक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा निर्वाचन क्षेत्र जोखिममा रहेको आकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको छ ।

उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न रोक

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ जारी गरेकी छिन् । मन्त्रिपरिषद्ले कात्तिक ६ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश १८ दिनपछि शुक्रबार जारी भएको हो ।

महिन्द्राका गाडीका लागि उपत्यकामा मोबाइल सर्भिस सेवा सुरु

अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको सेवा प्रारम्भ गरेको छ। यो सेवासँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिकसहितको टोली गाडी बिग्रेको स्थानमै पुगी मर्मत गर्नेछन्।

छ महिनापछि उपत्यकामा  मेलम्ची पानी

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १।७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनुपर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्