१२ श्रावण २०८३ मंगलबार
image/svg+xml

दुर्लभ खनिज : भूराजनीतिक औजार

संसारको महाशक्ति अमेरिका दुर्लभ खनिजको पछि किन लागिरहेको छ? के अमेरिकामा यी खनिज छैनन्? अमेरिका बहुमूल्य तथा दुर्लभ खनिजको सञ्चितिमा चीन, ब्राजिल, अस्ट्रेलिया र रुसभन्दा धेरै पछाडि छ।

सुरुङ खुल्यो, राजमार्ग दुरवस्थामै

काठमाडौं प्रवेश गर्ने त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–सिस्ने खण्डमा निर्मित सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपालको सडक सुरुङ युगमा प्रवेश गरेको छ।

सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै

दुई पक्षीय युवा समूहबिचको विवादले उग्र रूप लिएर सुनसरी देवानगञ्जमा भएको हिंसात्मक कार्यपछि मंगलबार बिहान केही सहज बनेको छ।

अमेरिका र इरान वार्तामा फर्किने आशाबिच वासिङ्टन पुगे इजरायली प्रधानमन्त्री, ट्रम्पसँग भेट्दै

अमेरिका र इरानबिच जारी सैन्य तनाव तीन दिनदेखि रोकिएसँगै दुई देशलाई फेरि वार्ताको टेबलमा फर्काउने प्रयासमा महत्त्वपूर्ण प्रगति हुने आशाहरू बढेका छन्।

धार्मिक सहिष्णुता कायम राख्न झापाको आह्वान

सुनसरी घटनापछि धार्मिक सहिष्णुतामा कुनै आँच आउन नदिन यहाँको जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र धार्मिक समुदाय एकै ठाउँमा उभिएका छन्।

नेपाल धितोपत्र बोर्डले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्।

कांग्रेसका मन्त्रीहरूको राजीनामा होल्ड

लुम्बिनी प्रदेश सरकारबाट राजीनामा दिने तयारीमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूको राजीनामा होल्ड भएको छ।

वर्षाका कारण देशका यी प्रमुख राजमार्गहरू अवरुद्ध : वैकल्पिक बाटो सञ्चालन

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न ठाउँमा प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

अर्थमन्त्रीको राजीनामा माग्ने तयारीमा प्रतिपक्षी

जनतालाई प्रत्यक्ष भार पर्ने संवेदनशील क्षेत्रमा बिनाअध्ययन र गैरजिम्मेवार ढंगले कर थप्ने र पछि प्रधानमन्त्रीले हटाउनुपर्ने स्थिति आउनुले अर्थमन्त्रीको असफलता पुष्टि गरेको प्रतिपक्षीको भनाइ छ।

मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

आन्दोलनका थप कार्यक्रम आजको सर्वपक्षीय भेलाले तय गर्ने जनाइएको छ। आन्दोलनबाट बिरामीलाई पर्ने असुविधाप्रति क्षमा माग्दै यसको जिम्मेवार नेपाल सरकार स्वयं हुने संघले स्पष्ट पारेको छ।

काभा मेन्स भलिबल : नेपालले पाँचौं स्थानका लागि खेल्ने

इस्लामावादमा सोमबार भएको लिगको आफ्नो पाँचौं खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को सेटमा पराजित भयो।

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालयसँग समन्वयको पहल

लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी उजुरीको प्रभावकारी सम्बोधनका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तीन मन्त्रालयसँग समन्वयको पहल गरेको छ।

प्राधिकरणले भन्यो : असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट लाग्दैन

विभागले साउन १ गतेदेखि भने विद्युत् शक्तिको खपतमा न्यूनतम चार्ज वा ‘डिमाण्ड’ चार्जमा पनि भ्याट आकर्षित हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्