परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल-युरोपेली संघ (ईयू) साझेदारीका विभिन्न पक्षमा छलफल भएको हो।
भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकाोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति कृतज्ञता व्यक्त गरेका थिए।
दुवै पक्षले नेपाल र ईयू बीचको साझेदारीका विविध आयाममा महत्वपूर्ण विचार आदानप्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहोर्याएका थिए।
विशेषगरी, गत भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको थियो।
प्रकाशित: ६ आश्विन २०८३ ०७:२२ मंगलबार



-600x400.jpg)

