६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

आज पनि एमाले केन्द्रीय कमिटी बैठक, अध्यक्षद्वारा पेस प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव दिने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बेठक आज (मंगलबार) पनि जारी छ। 

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रत्येक केन्द्रीय सदस्यले सुझाव दिने कार्यसूची रहेको छ। यसका लागि उनीहरूलाई तीन/तीन मिनेटका दरले समय दिइएको छ।

बैठक आज बिहान ९ः०० बजे ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बैठक बस्ने छ। हिजोको पहिलो दिनको बैठकमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि बैठक सकिएको थियो।

गत फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो। बैठक यही असोज ७ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ६ आश्विन २०८३ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App