२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सामुदायिक विद्यालयको स्तर घट्दै

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशन भएको धेरै भएको छैन।उक्त परीक्षाको परिणाम हेर्दा सामुदायिक विद्यालयप्रतिको भरोसा हराएको छ। २०३८ सालदेखि सेती परियोजना हुँदै माध्यमिक शिक्षा विकास कार्यक्रमसम्म आइपुदा सबै तहका शतप्रतिशत शिक्षक तालिम प्राप्त छन्। सबै शिक्षक सम्बन्धित विषयमा एड (सिएड, बिएड,एमएड) वा सोसरह अध्ययन गरी तालिम लिएका छन्। शतप्रतिशत शिक्षकसँग अध्यापन अनुमतिपत्र छ। यति हुँदाहुँदै पनिगत असार १२ गते प्रकाशित २०७५ सालको एसइई परीक्षाको परीक्षाफललाई विश्लेषण गर्दा सामुदायिक विद्यालयको स्तर खस्कँदो छ। आखिर यस्तो किन हुन्छ ? विचारणीय छ।

सिटिइभिटीको परीक्षामा चिट चोर्ने तीन महिलासहित ४ जना पक्राउ

सीटीईभीटीको परीक्षामा चिट चोर्ने चार जनालाई जनकपुरबाट पक्राउ परेको छ।

तालाबन्दीका कारण एमए र एमफिलको परीक्षा स्थगित

पोखरा विश्वविद्यालयमा भएको तालाबन्दीका कारण एमए र एमफिलको परीक्षा स्थगित भएको छ। विश्विद्यालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै अर्को सूचना प्रकाशन नभइन्जेल परीक्षा स्थगित भएको जनाएको छ।

लोकसेवाको परीक्षामा अवरोध पुर्‍याउने चार जना पक्राउ

खोटाङमा लोकसेवा आयोगको परीक्षामा अवरोध पुर्याएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शनिबार दिक्तेलमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्याएको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो।

लोकसेवाको परीक्षा बिथोल्न खोजेको आरोपमा चार पक्राउ

लोकसेवा आयोगको परीक्षा बिथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चारजनालाई पक्राउ गरेको छ।

परीक्षा नियन्त्रक कार्यालयका कर्मचारीविरुद्ध मुद्दा दायर

आयोगले आरोपी इञ्जिनीयरविरुद्ध बिगोबमोजिमको माग दाबी र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।

एसइई पूरक परीक्षा : बाेर्डले सार्वजनिक गर्‍यो संशोधित नयाँ परीक्षा मिति

चार दिन अघि राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई पूरक परीक्षाको मितिमा फेरबदल गरेको छ।बोर्डले परीक्षाको मिति संशोधन गर्दे नयाँ तालिका सार्वजनिक गरेको हो।

भर्नाअघि नै अन्याेल हटाउनु जरूरी

राष्ट्रिय परीक्षा बोर्डले भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गरेको छ। यतिखेर साढे चार लाखभन्दा बढी विद्यार्थी आफूले प्राप्त गरेको नतिजा हातमा लिएर कक्षा ११ मा कहाँ कुन विषय लिएर पढ्ने भन्दै दौडधुप गरिरहेका छन्।

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ।

एसइईको अनावश्यक उत्साह

एसइई परीक्षाफल प्रकाशन भयो। यो परीक्षाको परिणाम सहर बजारमा पढ्नेहरूमा ‘ए प्लस’ आउँछ कि आउँदैन भन्ने चिन्तन देखिन्छ। ए आउनु अब सामान्य हो रे ! त्यसभन्दा तलकाले धेरै फूर्ति लगाउने ठाउँ रहेनछ। यो नजिताबारे लेख्ने सोचेर किबोर्ड हेर्दै गर्दा एसइईको पूरा रूप के हो ? सम्झन खोजेँ। आएन। कोसिस गरेँ– स्कुल एक्जामिनेसन इभ्यालुएसन हुनुपर्ला भन्ने लाग्यो। विश्वास लागेन। गुगलको सहारा लिएँ– सेकेन्डरी एडुकेसन एक्जामिनेसन रहेछ। नेपाली अर्थ लगाउन खोजेँ– माध्यमिक शिक्षा परीक्षा। कक्षा ११ र १२ लाई उच्च माध्यमिक भनेपछि माध्यमिक परीक्षा ठीकै होला भन्ने लाग्यो। मेरो दिमागमा आज पनि यो एसएलसी परीक्षा नै हो।

'सार्वजनिक शिक्षा सुधार गर्न शिक्षक 'हायर एन्ड फायर'को ब्यवस्था गर्नु पर्छ'

राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकासित गरेको नतिजा हेर्दा ५० प्रतिशत मुनि अंक अर्थात जिपिए २ मुनि प्राप्त गर्ने विद्यार्थीहरु सरकारी स्कुलमा थुप्रेका छन्।

'ग्रेड ए' ल्याउँदैमा विज्ञान पढ्नुपर्छ भन्ने के छ ? (अन्तर्वार्ता)

प्राध्यापक विद्यानाथ कोइराला विद्यार्थीलाई एसइईपछि विषय छान्नको लागि दवाव दिन नहुने बताउँछन्। विद्यार्थीले रुची गरेको विषय छान्न दिनुपर्ने उनको भनाई छ। एसइईपछि विद्यार्थीले कसरी विषय रोज्न सक्छन् भनेर नागरिक न्यूजकर्मी सुभद्र धितालले कुराकानी गरेकी छन् ।

एसईईः खस्कियो सरकारी विद्यालयकोे गुणस्तर

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सरकारी विद्यालयको स्तर खस्केको छ।

एसईईः कति विद्यार्थीको कति जीपीए ?

२०७५ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत १७ हजार पाँच सय ८० जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। सामुदायिकतर्फ २ हजार सात सय ९२ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् भने प्राइभेटतर्फ १४ हजार सात सय ८८ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्