२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

यसरी हेर्नुहाेस् घरबाटै एसईई नतिजा

२०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा केहि समयअघि नतिजा सार्वजनिक गरेकाे हाे।

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

माध्यमिक शिक्षा परीक्षा (एसईई) तहको नतिजा प्रकाशन भएको छ। संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल चार लाख ७५ हजार तीन जना विद्यार्थी सहभागि भएका थिए। जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए।

‘शिक्षा ऐन मस्यौदा परीक्षा बोर्डको हितमा छैन’

शिक्षा मन्त्रालयले बोर्डको सबै अधिकार आफ्नो मातहत राखेकाले नयाँ तरिकाबाट बोर्डलाई अघि बढाउन सजिलो छैन। प्रस्तावित शिक्षा ऐन मस्यौदा परीक्षा बोर्डको हितमा नभएको विज्ञ बताउँछन्। बोर्डका नीति, नियम तथा नियुक्तिका सबै काम मन्त्रालयले नै गर्दै आएको छ। यस्तोमा झन् बोर्ड अध्यक्ष नै मन्त्रालयका सचिव हुँदा बोर्डले प्रभावकारी काम गर्न नसक्ने गुनासो गरिएको छ।

त्रिविमा प्रवेशपत्र लिनै हम्मे हम्मे (फाेटाे फिचर)

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुमा आज विहानदेखि नै विद्यार्थीहरु लामबद्ध थिए। प्राइभेटतर्फ स्नातकोत्तर तहको परीक्षा प्रवेशपत्र लिने विद्यार्थीहरु भ्याइ नभ्याइ विहानैबाट लाइनमा देखिन्थे। यहीँ असारको १० गतेदेखि शुरु हुने राजनीतिक शास्त्र र जनप्रशासनको परीक्षाका लागि प्रवेशपत्र लिन आएका परीक्षार्थीको मुहारमा उत्साहसँगै आक्रोश पनि देखियो। थेग्नै नसक्ने चापका कारण विद्यार्थीहरु एकआपसमा भनाभनसमेत गरिरहेका देखिन्थे।

प्लस–टुको रिजल्ट पर्खन एमबिबिएस, बिडिएसको परीक्षा स्थगित

कक्षा १२ (प्लस–टु) परीक्षाको रिजल्ट आउन ढिलाइ हुँदा नेपाली विद्यार्थीले परीक्षा दिन नपाउने अवस्था बनेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्डर ग्र्याजुएट (एमबिबिएस÷बिडिएस) को प्रवेश परीक्षा स्थगित गरेको छ।

लोकसेवामा एक मिनेटमा सयको आवेदन

लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको हो।

शिक्षाध्यक्षकै अध्यक्षतामा प्रवेश परीक्षा समिति बनाउन निर्देशन

प्रतिष्ठानका उपकुलपति डा. रौनियारले भने आफू बिदामा भएकाले मन्त्रीले पठाएको पत्रबारे थाहा नभएको प्रतिक्रिया दिए।

त्रिवि प्रश्नपत्रमा लापरबाही: परीक्षामा आफ्नै पुस्तकको प्रश्न हुबहु

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको बिएड तेस्रो वर्षको इंग्लिस फर मास कम्युनिकेसन विषयको परीक्षाको प्रश्नपत्रमा चरम लापारबाही भएको छ।

मन जित्दै सामुदायिक विद्यालय

रुपन्देही तिलोत्तमा–२ कि सरिता खत्रीले कक्षा ६ मा पढ्ने छोरालाई यसपटक सामुदायिक विद्यालयमा भर्ना गर्न निकै जोडबल गरिन्। तिलोत्तमाकै बोर्डिङ स्कुलमा अध्ययन गर्ने उनका छोरा सुजनले बुटवलको कालिका उच्च माविमा भर्नाका लागि आवेदन दिए। प्रवेश परीक्षा पास गरे पनि उनले भर्ना पाएनन। सिट संख्याभन्दा दोब्बरले प्रवेश परीक्षा दिएपछि विद्यालयले उच्च अंकका आधारमा भर्ना लियो। सुजन एक अंकले पछि परे।

३२ केन्द्रबाट कोरिया भाषा परीक्षा

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ। परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ।

कोरिया भाषा परीक्षाको ३२ केन्द्र तोकियो, २० जनाको दरखास्त रद्द

इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउनेछन्। त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन्।

सिडिओले सिकाए लोकसेवामा परीक्षा दिने तरिका

निजामति सेवामा आदिवासी जनजातिको पहुँच र सहभागिता बढाउन जिल्लाको खैरेनीटारमा नेपाल आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीको आयोजनामा १५ लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको छ।

सात निरीक्षकसहित १७ निष्कासित

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाका क्रममा रौतहटमा ७ निरीक्षकसहित १७ जना निष्कासित भएका छन्। बिहीबारको परीक्षामा आफ्नो कर्तव्य निर्वाह नगर्ने दुई केन्द्रका ७ जना निरीक्षक निष्कासित भएका छन्। सुबलाल माध्यमिक विद्यालय सन्तपुर र जय किसान माध्यमिक विद्यालय धरहरी केन्द्रका गरी ७ निरीक्षक निष्कासित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्