२५ पुस २०८१ बिहीबार
image/svg+xml

गरे के हुदैन र ?

छोटो समयमै काठमाडौंका सडकको रुपनै फेरिएको छ। रातारात सडक मर्मत गरेर सफा सुग्घर बनाइएको छ। अघिपछि धुलो,धुवा र फोहोर हुने सडकहरु सफा सुग्घर र चिल्ला देखिएका छन्।

काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भइरहेको हो ।

चिनियाँ टोलीद्वारा स्तरोन्नति सुरु

३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चिनियाँ टोलीले काम सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ। स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्नेछ।

रात्रीकालीन उडान सञ्चालन गरिने

भरतपुर विमानस्थल विस्तार र स्तरोन्नति गरी रात्रीकालीन उडान सञ्चालन गर्ने तयारी अगाडि बढाइने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र संस्कृति, पर्यटन तथा नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल विस्तार र सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

विमानस्थल स्तरोन्नति ८६ प्रतिशत

देशभर स्तरोन्नतिका क्रममा रहेका ३७ विमानस्थलको भौतिक प्रगति ८६ प्रतिशत पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार निर्माणाधीन विमानस्थलको काम चाँडै सक्ने गरी भइरहेकोे छ। विमानस्थल स्तरोन्नतिका लागि यस वर्ष विनियोजित बजेटको ५९ प्रतिशत खर्च भएको बताइएको छ। केही विमानस्थलको काम सकिइसकेको र केही सम्पन्न हुने चरण रहेको प्राधिकरणको भनाइ छ।

विमानस्थल स्तरोन्नतिले जगायो उत्साह

‘त्रि–धार्मिकस्थल हलेसी आउने जाने पर्यटकले बाह्रैमास लामीडाँडा विमानस्थल प्रयोग गर्न सक्ने भएका छन्। लामीडाँडा ओर्लेर सोलुखुम्बुसम्म पैदल यात्रा गर्ने र फर्केर यहींबाट काठमाडौं जाने पर्यटकका लागि पनि उपयोगी रुट खुलेको छ।’ यो भनाइ खोटाङ, रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका फटिक श्रेष्ठको हो। झन्डै दुई वर्ष सात महिना लगाएर कालोपत्रे गरिएको लामीडाँडा विमानस्थलमा मंगलबार समिट एयरलाइन्सको जहाजले परीक्षण उडान भरेपछि आयोजित कार्यक्रममा श्रेष्ठले सो कुरा बताएका हुन्। कांग्रेस नेता श्रेष्ठले विमानस्थल स्तरोन्नतिका कारण नयाँ सम्भावनाको ढोका खुलेकाले रावाबेंसी गाउँपालिकाका स्थानीयको भविष्य उज्वल रहेको उल्लेख गरे।

दुईपटक म्याद सकियो, काम सकिएन

तनहुँको घिरिङ देउरालीदेखि स्याङ्जाको केलादीघाटसम्मको २४ किलोमिटर दूरीको सडक कालोपत्रे, ओटासिल र पक्की नाला बनाएर १५ महिनामा सक्नेगरी निर्माण कम्पनी सन्तोषी निर्माण सेवासँग सम्झौता भएको थियो।

त्रियुगा बसपार्क सुविधा सम्पन्न हुँदै

उदयपुर सदरमुकाम गाईघाटस्थित साविक त्रियुगा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न बनाउन स्तरोन्नति गर्न लागिएको छ।

विमानस्थल आजबाट १० घन्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आज (सोमबार) बाट दैनिक १० घन्टा बन्द हुने भएको छ। धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो। सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घन्टा विमानस्थल बन्द हुनेछ।

सिंजावासी भन्छन्– ‘अब पनि सडक नबने चुप लागेर बस्दैनौं’

कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्ग–गमगढी सडकको अवस्था झनै नाजुक भएको छ। वर्षामा हिलो र गर्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा बाह्य यात्रुलाई निकै सकस हुने गरेको छ। सडकमा गाडी गुड्दैनन्।

मेरो कार्यकालमा स्तर बढ्छ : नवनियुक्त नेपाली फुटबल प्रशिक्षक

दुई वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त योहान कालिनले आफ्नो कार्यकालमा नेपाली फुटबलको स्तरोन्नति हुने बताएका छन्।

चीन जोड्ने  सडक स्तरोन्नतिमा ढिलाइ

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको सडकको स्तरोन्नतिमा ढिलाइ भएको छ। मैलुङ–स्याफ्रुबेंसी सडकमा झरेको ढुंगा ब्लास्टिङका लागि समयमै अनुमति नपाउँदा ढिलाइ हुन पुगेको हो।

धादिङबेंसी–आरुघाट सडक स्तरोन्नति कछुवा गतिमा

धादिङबेंसी–आरुघाट सडकखण्ड निर्माणका क्रममा आफ्नो जग्गा र घर गुमाएका पीडितले मुआब्जा पनि पाउन नसकेको गुनासो गरेका छन्। सम्बन्धित निकाय धाउँदा सिन मुआब्जा पाउन नसकेको पीडितले बताए। मुआब्जाका लागि सात÷आठ महिनाअघि निवेदन दिएकामध्ये कसैले पाउनु र कसैले नपाउनु आश्चर्यको कुरा रहेको उनीहरू बताउँछन्।

थामखर्क विमानस्थल उद्घाटन

खोटाङ जिल्लाको थामखर्क विमानस्थलको स्तरोन्नतिको काम सम्पन्न भई सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार विमानस्थलको उद्घाटन गरेका हुन्।

मैलुङ–स्याफ्रु सडक स्तरोन्नति सुरु

चीन जोड्ने छोटो दूरीको रूपमा रहेको मैलुङ–स्याफ्रु सडकको स्तरोन्नतिको काम बुधबारदेखि सुरु भएको छ। मैलुङस्याफ्रुबेंसी सडकखण्डमा गएको पहिरो पन्छाउने काम सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नुपरेकाले स्तरोन्नतिमा ढिलाइ भएको योजना प्रमुख सुवोध कुमार देवकोटाले बताए। ‘हामीले गत कात्तिकबाट नै स्तरोन्नतिको काम सुरु गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘असारमा पहिरोले सडकमा थप क्षति गरेपछि संशोधन गर्नुपर्‍यो।’ संशोधनपछि काम सुरु गरिएको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्