२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘संस्कृति चिन्तन’ मा चित्रित विषयवस्तु

‘नायक–खलनायक’ शीर्षकको पहिलो खण्डमा समाज र साहित्यमा प्रचलित विभिन्न नायक र खलनायकबारे सात निबन्ध र एउटा अन्तर्वार्ता समेटिएको छ। यसमा लेखक तथा चिन्तक स्पिभाकदेखि शिरीषको फूल उपन्यासको नायक सुयोगवीरसम्मको चर्चा गरिएको पाइन्छ।

साहित्यकार आचार्यको निधन

साहित्यकार पेशल आचार्यको ब्रेन ट्युमरको कारण निधन भएको छ। उपचारको क्रममा उनको ललितपुर, भैंसेपाटीको मेडिसिटी हस्पिटलमा ५६ वर्षको उमेरमा निधन भएको हो।

किरात समुदायले सिसेक्पा तङ्नाम मनाउँदै

सिसेक्पा तङनाममा हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ भनी मनाउने गरेको छ भने माघे संक्राान्तिलाई वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ भनी मनाउने गर्दछन्।

विलोमकाे तेस्राे शृंखला मधिकर्मीसँग

नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र संवादका माध्यमबाट लघुकथाको उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को तेस्रो शृंखला ध्रुव मधिकर्मीसँग सम्पन्न भएको छ।

‘विश्वका राष्ट्रिय गान’ लोकार्पण

‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तक राजधानीमा आज लोकार्पण भएको छ। परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलमा आयोजित विशेष समारोहमा ‘विश्वका राष्ट्रिय गान’पुस्तकको लोकार्पण गरेका थिए।

दक्षिणकाली नगरपालिकामा चार कृति लोकार्पण

दक्षिणकाली नगरपालिका वडा नं. ४, बाँसबारी, हाम्रो लघुकथा केन्द्र र सुसेली साहित्यिक प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीको उपलक्ष्यमा चार कृतिको लोकार्पण गरेको छ।

महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

‘के गर्नु यस्तो पुरानो नाच त्यसै मर्न दिन मनले मानेन’, पाउदुरे नाच्दै गरेकी मनिषाले भनिन्, ‘त्यसैले गाउँका सबैलाई भेला गरी हामीलाई पनि नाच्न सिकाउनुस्, हामी यो नाच बचाउँछौं भनेर संरक्षणमा कस्सियौं।’

कार्कीको ‘सन्दिग्ध शताब्दी’ लाई अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट निबन्ध पुरस्कार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,अमेरिकाबाट प्रदान गरिने सर्वोत्कृष्ट निबन्ध पुरस्कार निबन्धकार श्रीबाबु कार्कीको निबन्धसंग्रह ‘सन्दिग्ध शताब्दी’लाई प्राप्त भएको छ।

जिन्दगीको पाठ

आमा पनि गुरु, मेरा बाबा पनि गुरु, गुरुसितै विद्यालय गएँ खुरुखुरु! कति धेरै साथी-सँगी, कति धेरै गुरु? जिन्दगीको पाठ पढ्न गरें मैले शुरु!

राना थारू समुदायका महिलाले भदौ २ मा तीज पर्व मनाउने

कैलाली-कञ्चनपुरका मूल निवासी राना थारू समुदायका महिलाले श्रावण शुक्ल पक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन्।

गठामुंगः पर्व मनाउँदै नेवार समुदाय

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन्।

न्याय बुझ्न सघाउने कृति

संस्कृत वाङ्मयमा उपलब्ध ‘न्याय’ को चेतनालाई यो पुस्तकले खुलस्त मात्र गरेको छैन, न्यायको आयातित चेतनामाथि प्रश्न पनि खडा गरेको छ।

कर्णालीका आमाहरूको जीवन्त कथा

यहाँ अभावको कथा छ, पिर छ, कष्ट छ। हृदयमा बिझेर बसेका र कहिल्यै सन्चो नहुने घाउ छन्। कहालीलाग्दो संघर्ष छ। कालो इतिहास र त्यसैले छाडेका धब्बाहरू छन् तर तिनीहरू सबै उज्यालोतिर फर्केका छन् ।

शब्दबिम्बमा एक सत्पात्र अर्थात् सत्यमोहन

जीवनकालमा चिन्ताले सत्यमोहनलाई जलाएन। मृत्युपश्चात् चिताले पनि उनको शरीर जलाउन पाएन। चिता र चिन्ताले नजलाएका एक युग हुन् सत्यमोहन जोशी।

कापिटी स्मृतिका डोब

कापिटी द्वीपको जङ्गलमा चराहरू भुर्रभुर्र उडेका देखिन्थे। त्यो ठाउँ चरा पर्यटकका लागि पनि प्रसिद्ध रहेछ। ती दुर्लभ चराको नाउँ पनि स्थानीय माउरी भाषामै राखिएको रहेछ। त्यो ठाउँ काका, सानो किवी, किङकाङ, टिकी, हिही जस्ता थल र समुद्री चराको गुँड नै रहेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्