२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

प्रेम

लघुकथा

त्यो परिवार सन्तोषी, आनन्दित र आत्मीय  हुँदै तरक्की गर्दै विद्वान बन्दै गए।

हजुरआमा विहानीपख शिवरात्रिको दिन पूजामा तल्लीन हुनुहुथ्यो। बुहारी भान्सामा खाना बनाउँदै थिइन्।  केटाकेटी पढ्दै थिए। अचानक चारजना जोगीले बाहिरको ढोकामा आएर भिक्षा मागे।

केटाकेटीले आफ्नो आमा जो भान्सामा खाना पकाइरहेकी छन् उनीसँग भने, “आमा, जोगीलाई भिक्षा दिनुस् हामी दिएर आउँछौं।’’

उनीहरूले भिक्षा हैन भोजन देऊ भने।

हजुरआमाले भगवानको रूप मान्दै चारै जोगीलाई भित्र बोलाउँदै भोजन गराइन्।

उनीहरूले प्रसन्न हुँदै भने - उनीहरू शिवका रूप लिएर प्रेम, धन, उन्नति र ज्ञान बनेर धरतीमा आएका हुन्।

एक जोगीले बुझाउँदै हजुरआमालाई भने उनीहरूका रूपमध्ये जुन मनपर्छ छान जसले गर्दा परिवार समृद्धि बढ्छ।

हजुरआमाले सोचेर गमेर प्रेमलाई छनोट गरिन्।

- प्रार्थना खनाल/जोशी

प्रकाशित: २९ फाल्गुन २०८० १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App