नमेटिने स्मृतिहरू
हिजाे बाउकाे सक्कल देखेर दिक्क मान्ने म, उहाँकाे फुटेकाे पैताला र फाटेकाे भाेटाे खाेज्दैछु।

हिजाे बाउकाे सक्कल देखेर दिक्क मान्ने म, उहाँकाे फुटेकाे पैताला र फाटेकाे भाेटाे खाेज्दैछु।
अस्ताए पछि आउँदैन कहिल्यै फर्केर याे जिन्दगी, बाँचुञ्जेल् गर कर्म कीर्ति रहने पाइन्न खाेजे जति।
हेमन्तले छुँदा धर्ती,थाल्याे चिसिन सुस्तरी, विरह वेदना बाेल्छे वियाेगी काेइली चरी।।
सिंगान पुछिदिने बाहनामा नाकै काटिदियाै, ए बैगुनी, अझै पहाड भएर बसिरहेछाै कि बाटामा।
रुनेहरू दुनियाँ आफैँसँग राेओस् भन्छन्, वेदनाका झट्काहरूले छाेओस् भन्छन्।
गफाडीलाई बात महँगाे भाे, दासहरूलाई भात महँगाे भाे। महँगी त सगरमाथामै उक्लिसक्याे, ए हजुर, लासहरूलाई घाट महँगाे भाे।
दशैं मनाउनुपर्ने पहिलो आधार मानवीय सम्बन्ध सूत्र कायम गर्ने र आदर सत्कारको संस्कारलाई निरन्तरता दिनु रहेको देखिन्छ।
शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने,भावमा अभावको महफिल बन्छ भाषा भासमा फस्यो भने।
अहङ्कारको आगो ओकल्न,खरानीले मुख खोकल्न। मुर्दा मात्र सक्ने रहेछ, चितामा बसी, हरिनाम बोल्न।
हजुरमाथि गजुर थप्दै तिम्रो दैलो धाउनु धाएँ,आकाश छुने,धर्ती बोक्ने आश्वासन धेरै पाएँ। धाइरहें, पाइरहे आश्वनसनका पोकै पोका,पाइलापाइला उपहार, दिन्छौं किन धोकैधोका।
