२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पर्यटनमन्त्री आलेसहित नौ जनाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित नौ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका छन्।

नीतिगत नेतृत्व

प्रायः मन्त्रीहरूमा चटकेले जस्तो काम गरेर छिटै नाम कमाउने ध्याउन्न हुन्छ। त्यसमा पनि हामीकहाँ कुनै गहिरो अध्ययन र विश्लेषणबेगर एउटा काम हेरेका भरमा प्रशंसाको पुल बाँध्ने चलन हुन्छ। सानोतिनो रमाइलो काम गरेकै भरमा चर्चा कमाइन्छ भने कसैले पनि गहिरो गरी अघि बढ्नुपर्ने आवश्यकता हुँदैन।

सार्वजनिक सम्पत्तिको सदुपयोग

प्रश्न यहाँ यस्ता सार्वजनिक सम्पत्तिको प्रयोग व्यापारिक प्रयोजनमा गर्ने कि नगर्ने भन्ने हो। यसमा राज्यको प्रष्ट दृष्टिकोण आवश्यक हुन्छ। यसरी उपयोग गर्ने हो भने त्यसलाई पारदर्शी ढंगले ठेक्का लगाउने प्रक्रिया अगाडि बढ्नु उचित हुन्छ।

पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा सदस्य सचिव भएकाहरूले मनपरी ढङ्गबाट काम गरेका तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने बताए।

नागरिक उड्डयन प्राधिकरण निमित्तको भरमा

प्राधिकरणको ऐनअनुसार चार वर्षे कार्यकालका लागि सर्वाेच्चमा निवेदन दिएका क्षेत्रीले पूरै कार्यकाल पाउनुपर्ने दाबी गर्दै आएका छन्। महानिर्देशक पद चार वर्ष हुने प्रावधानअनुसार आफूले पूरा कार्यकाल पाउनुपर्ने उनको दाबी रहेको छ।

प्राधिकरणको महानिर्देशक बन्न रस्साकस्सी

अदालतले अल्पकालीन आदेश दिएर आगामी पुस ३० गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ। क्षेत्रीले प्राधिकरण ऐन बमोजिम महानिर्देशक पद चार वर्ष हुने प्रावधान रहेकाले पूरा कार्यकालको लागि आफूले दाबी गरेको बताए।

लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैनः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताएका छन्।

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेकाे निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन्।

नारायणहिटीबाट हटाइँदै बतास समूहका संरचना

नारायणहिटी संग्र्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्ने भन्दै बतास समूहले संरचना निर्माण गरेको हो। मन्त्री आलेको चेतावनीपछि सोही समूहले संरचना भत्काउन कामदार खटाएको छ।

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा तिवारीको 'तीर'

उपमहानिर्देशक तिवारी एअर ट्राफिकको कन्ट्रोलर अफिसरको रुपमा सेवा प्रवेश गरी नागरिक उड्डयनमा काम गरेको २५ वर्षको अनुभव समेत रहेको छ।

नारायणहिटी रेस्टुरेन्टबारे तीन दिनभित्र छानबिन हुने

पर्यटनमन्त्री आलेले नारायणहिटी संग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिइसकेका छन्।

नारायणहिटीबाट बतास समूहलाई नहटाइ छाड्दैनाैंः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन्।

पर्यटन बोर्डका सिइओले लन्डन पुर्‍याएर अपमान गरेः पर्यटनमन्त्री आले

‘दुःखका साथ भन्छु, लन्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन्। म नखाने मान्छे छेउमा उभिरहेँ। हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ,’ उनले भने, ‘मलाई खा भन्छ। उसले पहिलाको मन्त्रीजस्तो ठान्यो होला प्रेम आलेलाई।’

नयाँ जहाज खरिद गर्ने योजना छिटो ल्याउन मन्त्री आलेकाे निर्देशन

जहाज खरिदमा कुनैपनि प्रकारको कमिशनको खेल नगर्ने भन्दै उनले अनियमितता भएमा आफू झुण्डिन तयार रहेको बताए। मन्त्री आलेले ग्राउण्डेड भएको जहाजहरुलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको जानकारी गराए।

वायुसेवा निगमका पूर्वअध्यक्षले सुविधामा टिकट नपाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्