२२ वैशाख २०८१ शनिबार
image/svg+xml

पारिश्रमिकबाट घाइतेलाई उचार खर्च

सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले रु २१ हजार उपचार खर्चस्वरुप सहयोग गर्नुभएको छ ।

रेडियो नेपालमा पत्रकार महासंघको कालो ब्यानर

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तथा वृद्धि भएको न्यूनतम पारिश्रमिकको पूर्ण कार्यान्वयन र रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासित तीन जना श्रमजीवी पत्रकारको सेवा निरन्रताका लागि मंगलबारदेखि रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आन्दोलन सुरु गरेको छ।

न्यूनतम पारिश्रमिक सुनिश्चित गरिने

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा आज बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको बैठकमा सरकारले रोजगारदाताले श्रमिकलाई श्रम ऐनअनुसारको सेवा सुविधा उपलब्ध गराए/नगराएका बारे अनुगमन केन्द्रित गर्ने जनाउ दिएको हो।

न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडियाले टेर्दै टेरेनन्ः बाँस्कोटा

न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुखित रहेको पनि बताए। मन्त्री बाँस्कोटाले ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोमा पनि आपत्ति जनाए।

आरोप पुष्टि भए महासंघको अध्यक्षबाट तत्काल राजीनामा दिन्छुः आचार्य

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ठूला मिडिया हाउसका मालिकसँग मिलेर श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक दिलाउन पहल नगरेको भन्ने आरोपको खण्डन गरेका छन्।

'श्रमिकको पारिश्रमिक बैंकमार्फत'

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्न सम्पूर्ण प्रतिष्ठानलाई निर्देशन दिएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

श्रम मन्त्रालयले भन्याे- श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नू

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम् पारिश्रमिक र अन्य सेवा सुविधा इमान्दारिताका साथ उपलब्ध गराउन आग्रह गरेको हो।

पान नम्बर लिन तँछाडमछाड

सरकारले एक हजार रुपैयाँभन्दा माथिको पारिश्रमिक भुक्तानीमा पान नम्बर अनिवार्य गरिएपछि आन्तरिक राजस्व कार्यालय धनगढीमा पान नम्बर लिनेहरुको तँछाडमछाड चलेको छ।

प्रतिबद्धता पुरा गर्न नसकेकोमा क्षमायाचना

आफ्नो कार्यकालमा न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन ( अर्थात् ८.४८ अमेरिकी डलर) पु¥याउने प्रतिबद्धतालाई पूरा गर्न नसकेको भन्दै दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले आइतबार सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।

वडाध्यक्षले त्यागे सरकारी सुविधा

जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले बताएका हुन्।

हरिवनमा चार सय २२ लाई रोजगार

सर्लाहीको हरिवन नगरपालिकामा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा चार सय २२ जनाले रोजगारी पाएका छन्।

लोकदोहोरीमा एकोहोरिँदै युवा

अहिले सहरबजारका आम युवा लोकदोहोरीमा एकोहोरिन थालेका छन्। रमाइला र मौलिक लय शब्दमा बनेका गीत युवा जमातले रुचाएको छ। सहर बजारका होटल, डान्स बार, पिकनिक, रोधी घरतिर पनि तिनै गीत घन्कन्छन्।

उपाध्यक्षले पाउने सेवासुविधाले अक्षय कोष

सिमकोट गाउँपालिका उपाध्यक्ष बलि रावतले  आफ्नो ५ वर्षको अवधिमा पाउने पारिश्रमिकबापत् १६ लाख २५ हजारको अक्षय कोष स्थापना गरेका छन्।

‘अब प्रत्येक नागरिकले बुबाआमाको खातामा तलबको १० प्रतिशत रकम जम्मा गर्नुपर्ने’

सरकारले हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना वृद्ध बुबाआमाको खातामा जम्मा गरिदिने कानुनी व्यवस्था गर्ने भएको छ।

२७ प्रतिशत श्रमिक न्यूनतम पारिश्रमिक पाउँदैनन्

२७ प्रतिशत श्रमिकले अझै पनि न्यूनतम पारिश्रमिक नपाउने गरेको तथ्य फेला परेको छ।नौ महिनाअघि सरकारले त्रिपक्षीय (रोजगारदाता, श्रमिक र सरकारी निकाय) सहमतिमा लागू गरेको न्यूनतम पारिश्रमिक अहिलेको महँगीको तुलनामा निकै कम रहेको गुनासो व्याप्त रहेको बेला ठूलो संख्याका श्रमिकले नै न्यूनतम पारिश्रमिक नपाउने गरेको तथ्यांक फेला परेपछि समस्या समाधानमा चुनौती देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्