५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

न्युनतम तलब र सामाजिक सुरक्षामा नजानेविरुद्ध आन्दोलन

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग, प्रतिष्ठानविरुद्ध सशक्त आन्दोलन गर्ने बताएको छ।

हुरी प्रभावितलाई प्रदेश ५ का सांसदले एक दिनको पारिश्रमिक दिने

प्रदेश नम्बर ५ का सांसदले बारा पर्साका हुरी पीडितका लागि एक दिनको तलब बराबरको आर्थिक सहयोग गर्ने भएका छन्। आइतबारको प्रदेशसभाको बैठकले प्रदेशसभा सदस्यको एक दिन बराबरको पारिश्रमिक हावाहुरी प्रभावितलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

भलिबल रेफ्रीको पारिश्रमिकमा घोटाला

कर्णालीमा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा रेफ्रीको पारिश्रमिकमा घोटाला भएको तथ्य बाहिर आएको छ। आठाैं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोट खेलअन्तर्गत कर्णालीको जाजरकोटमा महिला तथा सल्यानमा पुरुष भलिबल प्रतियोगिता आयोजना भएका थिए।

ट्रेकिङ गाइडको पारिश्रमिक २० प्रतिशत बढ्यो

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले ट्रेकिङ गाइडको पारिश्रमिक बढाएको छ। टानका महासचिव आङपेम्बा शेर्पाले हालको पारिश्रमिकमा २० प्रतिशत बढाइएको जानकारी दिए।

न्यूनतम पारिश्रमिक सरकारले कार्यान्वयन गरेरै छाेड्छ : मन्त्री बाँस्काेटा

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छाेड्ने बताएका छन्। उनले नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएको बताए।

महासङ्घले न्यूनतम पारिश्रमिकबारे अनुगमन गर्ने

नेपाल पत्रकार महासङ्घले आइतबारदेखि श्रमजीवी पत्रकार ऐनअनुसार हालै गरिएको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू गरे/नगरेको सम्बन्धमा सञ्चार प्रतिषठनमा अनुगमन गर्ने भएको छ।

क्यानमाथिको निलम्बन फुकुवा हुँदै, खेलाडीले पारिश्रमिक पाउने

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले छिट्टै नेपाल क्रिकेट परिषद् (क्यान)माथिको निलम्बन फुकुवा गर्ने बताएका छन्। रिपोर्टस क्लब नेपालले मंगलबार गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्यापअनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जानकारी दिए। साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यानमा देखिएको विवादले उग्र रूप लिएपछि आइसीसीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो।

मेलम्चीका हजार मजदुरलाई तलबको तनाब

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनीले सीएमसीले करिब १ हजार नेपाली मजदुरलाई दुई महिनादेखिको पारिश्रमिक नदिएको खुलेको छ।

इन्जिनियरको न्युनतम पारिश्रमिक तोकिने

सरकारले इन्जिनियरको न्युनतम पारिश्रमिक तोक्ने भएको छ। प्रधानमन्त्री केपीशर्मा ओलीले इन्जिनियरको न्युनतम पारिश्रमिक तोक्न सरकार तयार रहेको बताएका छन्। सेवा सुविधा वृद्धि तथा खोसिएको भत्ता पूर्ववत् कायम हुनुपर्ने लगायत ७ बुँदे मागसहितको नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनको ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले इन्जिनियरको पेशागत सुरक्षा र न्युनतम पारिश्रमिक निर्धारण गर्न सरकार तयार रहेको बताएका हुन्।

न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताएका छन्।

रोजगारदाताको दायित्व दोब्बर

उद्योग, प्रतिष्ठानका स्थायी कर्मचारी र रोजगारदाताले मासिक १०/१० प्रतिशत रकम जम्मा गर्ने हालको व्यवस्था परिमार्जन गर्दै सामाजिक सुरक्षा कोषमा न्यूनतम पारिश्रमिकको ३१ प्रतिशत रकम दाखिला गर्नुपर्ने व्यवस्था मिलाउन लागिएको छ।

पत्रकारको पारिश्रमिक बढाउने निर्णयको स्वागत

न्यूनतम पारिश्रमिक निर्धारण समितिले विभिन्न संचार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने सरकारको निर्णयको स्वागत गरेको छ।

पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने सरकारको निर्णय

मन्त्रिपरिषदले गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ। यस अघि संस्थानको अध्यक्षमा गोविन्द पोखरेल थिए।

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्न देशभरका स्थानीय तह, जिल्ला समन्वय समितिलगायतका निकायलाई निर्देशन दिएको छ।

साउदी जाने कामदारले बढेको पारिश्रमिक पाउलान्?

गएको शुक्रबार सरकारले कामदारको हित हुने गरी एक गतिलो निर्णय ग-यो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा मन्त्रिपरिषद् बैठकले साउदी अरेबिया जाने कामदारको पारिश्रमिक एकैचोटि प्रतिमहिना तीन सय रियाल (करिब नौ हजार रुपैयाँ) वृद्धि गर्ने निर्णय गरेपछि कामदार खुसी हुनु स्वाभाविक हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्