६ वैशाख २०८१ बिहीबार
राजनीति

‘अब प्रत्येक नागरिकले बुबाआमाको खातामा तलबको १० प्रतिशत रकम जम्मा गर्नुपर्ने’

काठमाडौं– सरकारले हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना वृद्ध बुबाआमाको खातामा जम्मा गरिदिने कानुनी व्यवस्था गर्ने भएको छ। सरकारले संघीय संसदमा पेश गरेको ज्येष्ठ नागरिक सम्बन्धि विधेयकमा हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना वृद्ध बुबाआमाको खातामा जम्मा गरिदिने प्रावधान राखिएको हो।

ज्येष्ठ नागरिकहरुमाथि आफ्नै सन्तानले अपहेलना गरेको पाइएपछि कानुनी रुपमै उनीहरुको संरक्षणका लागि सन्तानको पारिश्रमिक उनीहरुका वृद्ध बुबाआमाको खातामा पनि जम्मा गरिदिनुपर्ने कानुनी व्यवस्था गर्न लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिइन्। ज्येष्ठ नागरिक दूव्र्यवहारविरुद्धको १४ औं विश्व चेतना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरोकारवाला निकायसँग छलफल गरेर ज्येष्ठ नागरिकहरुको उचित हेरचाहको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राज्यले ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि विशेष व्यवस्था गर्नुपर्ने माग गर्नु भएको थियो।

प्रकाशित: १ असार २०७६ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App