'ह्यूमन मिल्क बैंक' स्थापना गर्दै सरकार
सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो।