१५ वैशाख २०८१ शनिबार
image/svg+xml

महाधिवेशन नआई सभापति देउवालाई पदबाट हटाउन मिल्दैनः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन ।

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

देउवालाई अर्को अवसर

नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्। अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो। कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन्। पहिलो कार्यकालका रूपमा साढे पाँच वर्ष गुजारेका देउवाले पार्टी संगठन सुधारका लागि उल्लेख्य काम गर्न सकेनन्।

संस्थापन इतरमा जुटेन सहमति: सिटौलाको साथ देउवालाई, प्रदीप महामन्त्री

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको एक दिन मात्र बाँकी रहँदा सभापतिका आकांक्षीले आआफ्नो प्यानल निर्माण गर्न सकेका छैनन्।

शक्ति बढाउँदै सिटौला

पार्टीभित्र विद्यमान तीन समूहमा सिटौला पक्ष एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हैसित नभए पनि नयाँ नेतृत्व चयनका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेशसम्म भएका निर्वाचनमा उनीहरूको मत निर्णयक बनेको छ। झापासहित केही जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका सिटौलाले कोइरालाहरूको गढ मानिएको प्रदेश एकको नेतृत्व पनि आफ्नो पक्षमा पारेका छन्।

देउवालाई गल्ती गर्ने छूट छ ?

सुरासुन्दरी, प्राडो र पजेरोसहितका विकृति भित्र्याएकोमात्र होइन, सत्ता र शक्तिका लागि प्रजातन्त्र दरबारमा बुझाएर पार्टी विभाजन गरेको आरोप झेल्दै आएका देउवालाई नसुध्रने र नसच्चिने अधिकार पनि छ।

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन्।

वीपीका आन्दोलनकारीद्वारा प्रधानमन्त्री देउवालाई पत्राचार,माग पुरा गर्न ४८ घण्टा अल्टिमेटम

विगत एक महिनादेखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त संघर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्राचार गर्दै ४८ घण्टाभित्र आफुहरुको माग पुरा गर्न अल्टिमेटम दिएको छ।

रामचन्द्र पौडेलले देउवालाई भने : प्रधानमन्त्री नभए पनि गणेशमानलाई जनताले पूज्छन्

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा गुटबाट माथि उठ्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेबाट जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले देउवा सिंगो पार्टीको नेता बन्नु भन्दा गुट र समुहकै नेतामा रमाइएको आरोप लगाएका हुन।

गगनले देउवालाई सुनाए आगामी ५ वर्षमा १५ लाख भोट बढाउने याेजना

नेपाली काँग्रेसका युवा नेताहरुले विगतको समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा छुट्टै लिखित धारणापत्र प्रस्तुत गरेका छन्।

संसदीय दलमा लोभ नगर्न देउवालाई सिंहको सुझाव

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत रुपमा नचलेको बताएका छन्। नेपाली कांग्रेस सिन्धुलीले र नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले केही नेताहरूको मनोपोलीमा कांग्रेसलाई चलाइएको आरोप लगाए।

देउवालाई ओलीको प्रश्नः एआईजी छिमेकी नै हुनुपर्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने सरकारी तयारीप्रति विरोध जनाएका छन्। विहीबार आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सेवाअवधि हटाएर प्रधानमन्त्रीका छिमेकी (सुदूरपश्चिम)का प्रहरी अधिकृतलाई आइजीपी बनाउने उद्देश्यले संघीय प्रहरी ऐन ल्याउने सरकारको तयारीको विरोध गरेका हुन्।

कांग्रेस केन्द्रीय समिति बैठकमा देउवालाई प्रश्नको वर्षा

नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे नेताहरुले प्रश्न गरेका छन्। निर्वाचनमा झड्का ब्यहोरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन दवाब दिएको थियो। बैठकमा निर्वाचनको बारे समिक्षा भैरहेको छ। प्रधानमन्त्री देउवाले निर्वाचन समिक्षा अर्को बैठकमा गर्ने भन्दै राष्ट्रिय सभा निर्वाचनमा विषय केन्द्रीत गर्न भने पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे नेताहरुले सभापतिसँग प्रश्न गरेको एक केन्द्रीय सदस्यले बताए।

देउवालाई रामचन्द्र पौडेलको प्रश्न: केन्द्रीय समितिको बैठक कहिले बोलाउने ?

नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्।

देउवालाई टोपी उपहार, टोपीमा सजिए विदेशी मुहार (फोटो फिचर)

टोपी बचाउ अभियान सञ्चालन गरिरहेको युवाहरुको समूह जागरुक युवा अभियानको अग्रसरतामा आज सोमवार पाँचौ टोपी दिवस मनाइएको छ । टोपी दिवसका अवसरमा विदेशीहरु पनि नेपाली ढाका टोपीमा सजिएका देखिए । पर्यटकीय केन्द्र मानिएका स्थलहरुमा नेपाल घुम्न आएका पर्यटकहरुलाई व्यवसायीहरुले नेपाली टोपी लगाइदिएका थिए । अनि नेपाल टोपी प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई टोपी उपहार दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्