४ पुस २०८१ बिहीबार
image/svg+xml

पर्यटन रोयल्टीको २१ करोड रकम थन्कियो

पर्यटन रोयल्टी बापतको २१ करोड रुपैयाँ सोलुखुम्बुमा बर्षौदेखि थन्किएको छ। हिमालको सलामी दस्तुर बापत जिल्लाले पाएको पर्यटन रोयल्टी संघीय संरचना कार्यान्वयन पश्चात अन्यौल परेको हो। तत्कालिन जिल्ला विकास समितिले विभिन्न विकास योजनामा रोयल्टी विनियोजन गदै कार्यान्वयनमा ल्याएको थियो।

बालुवाटार र रोयल पिसी क्वार्टरफाइनलमा

बालुवाटार क्रिकेट क्लब र रोयल पिसी फाइटर दोस्रो खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

रोयल र बालुवाटारको जित

रोयल पिसी फाइटर्स र बालुवाटार क्रिकेट एकेडेमीले दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शनिबार जित हात पारेका छन्।

रोयल्टी समाजलाई १५ हजार

क्लासिक एफएमले स्थापनाको २२ औं वार्षिकोत्सवमा संगीत रोयल्टी संकलन समाजलाई १५ हजार रुपैयाँ रोयल्टी प्रदान गरेको छ । एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछानेले स्रष्टाको श्रमको कदर गर्ने परम्परा बसाल्नका लागि समाजका कोषाध्यक्ष लोकराज अधिकारीलाई १५ हजार रुपैयाँको चेक प्रदान गरिन् ।

एनएमएले खोसिएको रोयल्टी अधिकार माग्यो

नेपाल पर्वतारोहण संघ (एनएमए) ले नयाँ बन्ने सरकारसँग १२ वटा हिमालको रोयल्टी अधिकार नवीकरण गरिदिन माग गरेको छ । एनएमएले चार दशकदेखि उठाउँदै आएको हिमाल आरोहण रोयल्टी अधिकार भदौमा सकिएको थियो ।

‘रिपब्लिक’ नेपालमा ‘रोयल’ रहर

हरेक दिन सुन्धारास्थित ‘नेपाल एयरलाइन्स’ (आरएनएसी) भवनअगाडि उपत्यकाका विभिन्न स्थानका लागि छुट्ने गाडीको ताँती लाग्छ । मिनिबस, माइक्रोबस र टेम्पोका सहचालकहरू ‘गोंगबु गोंगबु’, ‘बालाजु बालाजु’, ‘कोटेश्वर कोटेश्वर’, ‘लगनखेल लगनखेल’ जस्ता रुटको नाम लिँदै यात्रु बोलाउन व्यस्त हुन्छन् ।

केन्द्रलाई ५०, प्रदेश र स्थानीय तहलाई २५-२५ प्रतिशत रोयल्टी

प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको अधिकार बढाइएको छ । स्थानीय तहलाई २५ प्रतिशत रोयल्टी प्राप्त हुनेछ । केन्द्रमा ५० प्रतिशत प्रदेशमा २५ प्रतिशत रोयल्टीको अधिकार दिइएको छ ।

आठ क्यासिनोले रु एक अर्ब ३२ करोड बढी रोयल्टी तिर्न बाँकी

नेपालमा रहेका आठ क्यासिनोले एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी सरकारलाई नतिरेको तथ्यांकले देखाएको छ।

रोयल फाइटर अन्तिम आठमा

सन्दीप जोराको ९१ रनप्रेरित रोयल पिसी फाइटरले शुक्रबार बालुवाटार क्रिकेट क्लबलाई १ सय १४ रनले पराजित गर्दै खुकुरी च्यालेन्जर कपको क्वाटरफाइनलमा स्थान बनाएको छ। समूह ‘सी’मा लगातार तेस्रो जित निकाल्दै ६ अंक बटुलेकोे रोयल फाइटरले शीर्ष टोलीको हैसियतमा अन्तिम ८ को यात्रा तय गरेको हो। समूहका अन्य सबै टोलीले १ खेल खेले पनि अंक जोड्न सकेका छैन।

रोयल क्यासिनोबाट दस हजार अमेरिकी डलर बरामद

दरबारमार्गस्थित होटल याक एण्ड यती परिसरमा रहेको क्यासिनो रोयलबाट अनाधिकृतरुपमा कारोबार भइरहेको १० हजार अमेरिकी डलर बरामद भएको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराति अनुगमनका क्रममा उक्त रकम बरामद गरेको हो।

रोयल मुर्कीबेंसी

'ल, आइपुग्यो, मुर्कीबेसी...। झर्नुस्, बसको अन्तिम स्टेसन यही हो,' एकजना १३–१४ वर्षीय केटाको तीखो स्वरले कुन कल्पना–क्षितिजमा उडानरत् मेरो ध्यानलाई एकाएक भंग तुल्याइदियो। मैले बसबाट ओर्लिएर आफ्ना गहु“गा पाइलाहरू भुइ“मा टेकें। भुइ“ कताकता भासिएझैं अनुभूति भयो। मन–मस्तिष्कभरि महेशकै आकृति मडारिइरहेको थियो।

‘रोयल ट्रेजर’ बजारमा

दसैंको अवसरमा हिमालयन डिस्टिलरी लिमिटेडले आफ्नो नयाँ उत्पादन रोयल ट्रेजर प्रिमियम ह्विस्की बजारमा ल्याएको छ ।

‘रोयल इन्फिल्ड ४११ नेपाली बजारमा सार्वजनिक

हिमालयन ‘रोयल इन्फिल्ड ४११ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता दुग्गड ब्रर्दश एण्ड सन्स प्रालिले बिहीबार राजधानीमा एक कार्यक्रमका बिच ‘रोयल इन्फिल्ड ४११ सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्